नेपाल भ्रमण वर्षलाई महाअभियान बनाउँ

काठमडौ, पुस १६ गते । नेपाल भ्रमण वर्ष २०२० एक भव्य समारोह बीच राजधानीको दशरथ रङ्शालमा उद्घाटन गरियो । सो अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी सो समारोहको शुभारम्भ गर्नुभएको थियो । सो समारोहमा प्रमुखवक्त्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लानु पर्नेमा जोड दिनुभयो ।

संस्सारका उत्कृष्ट गन्तव्य सगरमाथा, भगवान बुद्धको जन्मस्थल लुम्बिनि, चितवन लगायतका थुप्रै गन्तव्य रहेको बताउनुभयो । उहाँले प्रकृतिलाई विगारेर होइन सिंगाररे पर्यटन विकास बढाउनु पर्नेमा जोड दिनुभयो। सो अबसरमा मन्तव्य व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले नयाँ वर्षमा नयाँ आशा र नयाँ उत्साहका साथ नेपाल भ्रमण वर्ष २०२० शुरुवात गरिएको बताउनु भयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने बाटोमा नेपाल भ्रमाण वर्ष महत्वपूर्ण हुने बताउनु भयो । सो अबसरमा नेपाल भ्रमण वर्षको स्टिकर पनि सार्वजनिक गरिएको थियो । सो अबसरमा मन्त्री भट्टराइले एकताको ज्योति हस्तान्तरण गर्नु भयोको थियो । उद्घाटन समारोहमा नेपाल भ्रमण वर्ष २०२० को मास्कट पनि सार्वजनिक गरिएको थियो ।

२० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० बुधबार सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पनि पोखराको लेक साइडबाट भ्रमण वर्षको उद्घाटन गरेको छ । भ्रमण वर्षको उद्घाटन गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत प्रदेशका ११ वटै जिल्लाका जनप्रतिनिधिको सहभागितामा उद्घाटन गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले भ्रमण वर्ष सफल हुने या नहुने भन्ने विषय गण्डकी प्रदेशको हातमा रहेको दाबी गरे ।

उनले नेपाल आउने बाह्य पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशमै आउने भएकाले त्यसले निर्णायक भूमिका खेल्ने दाबी गरेका हुन् । ‘नेपाल सरकारले भनेको २० लाख पर्यटकमध्ये कम्तीमा ८ लाख गण्डकी प्रदेशमा आउँछन्’ मुख्यमन्त्री गुरुङले भने, ‘यदि पूर्वा धार बनाइएन भने, प्रदेश तथा स्थानीय तह, पर्यटन व्यवसायी लागेनन् भने काठमाडौंमा त भ्रमण वर्ष सुरु भयो तर, त्यो अपुरो हुन्छ । अधुरो हुन्छ ।’ उनले नेपाल आएका १० लाख पर्यटक भित्र्याउने गरी लाग्न सरोकारवालालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्