पहिलो श्रीमती विवाह स्थलमा एकाएक देखिइन्, बेहुलाले भेटे रामधुलाई

एजेन्सी : एक बेहुला आफ्नै विवाह मण्डपबाट लखेटिएका छन् । बेहुलाकी जेठी श्रीमतीले नयाँ बेहुलीलाई उनका बेहुलाको पहिले नै एक जना होइन, दुईजनासँग विवाह भइसकेको जानकारी दिन विवाह स्थल आएपछि उनी ल’खेटिएका हुन् । करिब ३३–३४ वर्षका आसिफ राफिक सिद्दीकीलाई बेहुलीको परिवारले ल’छारपछार गर्दै कु’टपिट समेत गरेका छन् ।

उनीबारे यस्तो जानकारी सार्वजनिक भएपछि रिसाएका भी’डले उनले लगाएको सर्ट र पाइन्ट दुबै च्या’ति दिएका छन्। भीडबाट ब’च्नका लागि बस मुनी लुकेका बेहुलालाई पछि अपरिचित व्यक्तिले बचाएका छन् । पा’किस्तानमा बहु विवाह वैध छ । एक व्यक्तिले चारजना श्रीमती राख्न पाउँछन् तर यसका लागि उनले श्रीमतीहरुको अनुमती लिनुपर्छ । घटनाको भिडियो पनि सोसल मिडियामा सार्वजनिक भएको छ ।

भिडियोमा देखिए अनुसार विवाह स्थलमा एकाएक एक रिसाएकी महिला प्रवेश भएपछि एक व्यक्तिले प्रश्न गर्छन्, ‘बहिनी के भयो ?’ मदिहा सिद्दीकी नामकी ती महिलाले कुराको चुरो समात्न बेर लगाइनन् । ‘उनी मेरा श्रीमान् हुन्, र उनी यो बच्चाको बुवा पनि हुन् । उनले मलाई आफू तीन दिनका लागि हैदराबाद जान लागेको बताएका थिए,’ ती महिलाले आरोप लगाइन् ।

उनी एक बच्चा सहित उपस्थित भएकी थिइन् जसलाई उनले आफ्नो छोरा बताएकी थिइन् । त्यसपछि उनलाई केही पर राखेर कुराकानी गरियो । त्यसपछि उनले नयाँ बेहुलीसँग पनि कुरा गरिन्। ‘तिमीलाई थाहा थिएन ? उनी मेरा श्रीमान् हुन् ? उनले यो अबोध बालकको पनि ख्याल गरेनन् ।’ मदिहाका अनुसार उनले आसिफसँग सन् २०१६ मा विवाह गरेकी थिइन् ।

कराँची फेडरल उर्दू युनिभर्सिटीमा भेट भएपछि उनीहरु बीच प्रेम बसेको र विवाह गरेको पनि उनले जानकारी दिइन् । त्यसपछि आसिफले सन् २०१८ मा जेहरा असरफसँग गो’प्य रुपमा दोस्रो विवाह गरेको मदिहाले बताइन् । श्रीमानकी नयाँ श्रीमतीको मेसेज देखे पछि उनले दोस्रो विवाह गरेको थाहा पाएको मदिहाले बताइन् ।

सुरुमा आफूले दोस्रो विवाह गरेको अस्विकार गरेपनि पछि श्रीमानले उक्त कुरा स्विकार गरेको मदिहाले जानकारी दिइन् ।जेहराले नै उनलाई श्रीमानले तेस्रो विवाह गर्न लागेको भन्ने जानकारी दिएको उनले बताइन् । त्यसपछि के भयो जानकारीमा उल्लेख नभएपछि घटनास्थलमा बोलाइएका प्रहरीले बेहुलीका आफन्तले बेहुलाको रामधुलाई गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्