बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, अब कुन बैंकमा कति पाईन्छ ब्याज ? (ब्याजदर सहित )

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा सामान्य हेरफेर गरेका छन्। बैंकहरुले चैत १ गतेदेखि लागू गर्न सर्वाजनिक गरेको ब्याजदर अनुसार केही बैंकको मात्रै फागुन महिनाको तुलनामा कर्जाको ब्याजदर बढेको छ । अधिकांश बैंकको ब्याजदर यथावत् नै रहेको छ । यता, बैंकिङ क्षेत्रमा अधिक तरलताको अवस्था जारी रहँदा केही बैंकले भने अल्पकालीन मुद्दति निक्षेपमा सामान्य ब्याजदर बढाएको देखिन्छ । तथापि, बैंकको कर्जा र निक्षेपको ब्याज दरमा खासै ठूलो परिवर्तन भने भएको छैन । बैंकहरुले सार्वजनिक गरेका निक्षेप र कर्जाको नयाँ ब्याजदर हेरौं :

एनआइसी एसिया बैंक : एनआइसी एसिया बैंकले चैत १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा २.१०% ब्याजदर दिने जनाएको छ । नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.१०% सम्म ब्याज पाइनेछ । बैंकको माघ मसान्तसम्मको आधार दर ६.६९% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाको लागि बैंकले १३% देखि १५% सम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक : नेपाल एसबीआई बैंकले बचतको ब्याज ०.५०% देखि ३% सम्म तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६.५०% र न्यूनतम ३% निर्धारण गरेको छ। यता, यस बैंकको माघ मसान्तसम्मको बेस रेट ७.३१% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जानकारी दिएको छ ।

नबिल बैंक : नबिल बैंकले बचतमा न्यूनतम २.५१% देखि अधिकतम ४.५१% सम्म ब्याज दर निर्धारण गरेको छ । व्यक्तिगत मु’द्दतिमा अधिकतम ६.५०% ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याज दर हो । ३ महिनाको मु’द्दतिको ब्याजदर ४% निर्धारण गरेको छ । यता, बैंकको माघ मसान्तसम्म बेस रेट ५.५८% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

सेञ्चुरी कमर्सियल बैंक : सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.७५% र अधिकतम ४.७५% राखेको छ । व्यक्तिगत मुद्द’तिको अधिकतम ब्याज ७.७५% कायम गरेको छ । यो एक वर्ष भन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको माघ मसान्तसम्मको आधार दर ७.७९% रहेको छ । यसमा ३% देखि ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । घर कर्जाका लागि ११.४९% देखि १२.९९% स्थिर ब्याज दर निर्धारण गरेको छ ।

एनएमबि बैंक : एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.१०% र अधिकतम ५.१०% तोकेको छ। व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ५.७५% निर्धारण गरेको छ । पुस मसान्तसम्मको अधारदर ७.४०% रहेको छ। यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

एभरेष्ट बैंक : एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६.७५% र न्यूनतम ४.७५% तोकेको छ । माघ मसान्तसम्म बैंकको आधार दर ६.४०% छ । यसमा अधि कतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

हिमालयन बैंक : हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर ४% र अधिकतम ६.५०% तोकेको छ। बैंकको पुस मसान्तसम्मको आधारदर ६.८३% रहेको छ। यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ।

माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७% निर्धारण गरेको छ । पुस मसान्तसम्म बैंकको आधारदर ७.५६% छ। यसमा बैंकले ७% सम्म प्रिमि यम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ ।

मेगा बैंक : मेगा बैंकले बचतको न्यूनतम ३.५०% देखि अधिकतम ५.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ७.२५% निर्धारण गरेको छ। यो दुई वर्षभन्दा धेरै मुद्दति निक्षेपको लागि हो । माघ मसान्त सम्म बैंकको आधार दर ६.९७% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ ।

ग्लोबल आइएमई बैंक : ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७% ब्याज निर्धारण गरेको छ । बैंकको पुस मसान्तसम्मको ब्याजदर ६.७६% छ । यस मा ६% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । स्थिर ब्याजदरका लागि बैंकले न्यूनतम ७.९९% अधिकतम १३.९९% सम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने जानकारी दिएको छ ।

सनराइज बैंक : सनराइज बैंकले बचतमा न्यूनतम २.५०% देखि अधिकतम ४% सम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । माघ मसान्त सम्मको बैंकको आधार दर ७.१२% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ ।

सिभिल बैंक : सिभिल बैंकले सबै बचतको ३.७५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.७५% कायम गरेको छ । साथै, ४ महिने मुद्दति निक्षेपको ब्याजदर ६% कायम गरेको छ । यता, बैंकको माघ मसान्तसम्मको आधार दर ८.१६% रहेको छ । यसमा १% देखि ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ ।

नेपाल बंगलादेश बैंक : नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५% र न्यूनतम ६% निर्धारण गरेको छ। स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक : लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ३ महिनाका लागि ६% र एक वर्ष माथि ७% सम्म ब्याजदर दिन्छ । बैंकको पुससम्मको आधार दर ७.२४% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

कुमारी बैंक : कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.५०% देखि ७% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जा तर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको माघ महिनामा आधार दर ७.६१% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

सिद्धार्थ बैंक : सिद्धार्थ बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २% देखि अधि कतम ४% सम्म ब्याज दर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ न्यूनतम ६.५% देखि अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ । यता, यसको माघ महिनामा आधार दर ७.१७% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यून तम ८.४९% देखि अधिकतम ११.४९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स बैंक : सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज २% र अधिकतम ४% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो। बैंकको माघ मसान्तसम्मको आधार दर ७.८५% रहेको छ । यसमा २% देखि ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ ।

प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.२५% र न्यूनतम ५% निर्धारण गरेको छ । पुस मसान्तसम्मको आधारदर ७.८५% रहेको छ । यसमा अधिकतम ६.७५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक : एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ६.२५% निर्धारण गरेको छ । पुस मसान्त सम्मको अधारदर ७.८५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.३५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ । (स्रोत : बैंकहरुले सार्वजनिक गरेका सूचना तथा विज्ञापनहरु)

प्रतिक्रिया दिनुहोस्