फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले मंगलबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११८ रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन (आन्तरिक) को पनि प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि ७४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

यस्तो छ नेपाल आयल निगमको सूचना : निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि,२०७१ अनुसार मूल्य समायोजन गर्दै आएको व्यहोरा सबैमा अवगत भएकै विषय हो। निगमले ईण्डियन आयल कर्पो रेशनबाट १ मार्च २०२१ मा प्रार मूल्य अनुसार मिति २०७७/११/१७ मा पेट्रोल तथा डिजेस/मट्टितेलको साविकको खुद्रा विकि मूल्यमा प्रति लिटर रू २१०० ले वृद्धि गरी पेट्रोलको रू.११६१०० प्रति लिटर, डिजेल/मट्टितेलको रू.९९।०० प्रति लिटर, हवाई इन्धन (आ न्तरिक तथा बाह्य उडान तर्फोमा कमशः रू ५ र युवसडि २५।०० ले वृद्धि गरी हवाई इन्धन (आन्तरिक) तर्फ रु. ७२१०० प्रति लिटर र हवाई इन्धन (बाह्य) तर्फ युयसडि ८९३ प्रति किलो लिटर कायम गरेको थियो ।

सो मूल्य समायोजन पक्षात् पनि निगमलाई अर्धमासिक रुपमा रू १ अर्ब ३२ करोड घाटा नै रहेको अवस्था थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य कमिक रुपमा बृद्धि हुदै गएको कारणले १६ मार्च २०२१ मा ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य १ मार्च २०२१ को तुलनामा वृद्धि भएर आएको र सो अनुसार मूल्य समायोजन नगर्दा निगमलाई अर्धमासिक रुपमा (१५ दिनमा करिब रू. १ अर्ब ४८ करोड ७७ लाख घाटा हुने अवस्था रहेकोले निगमको मिति २०७४।१२।०३ को निर्णय तथा स्वचालिक मूल्य प्रणा ली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरे अनुसार मिति २०७७।१२।०३ को राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा विकि मूल्यमा प्रति लिटर रू. २१०० ले वृद्धि गरी काठमाण्डौ (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भिवाको लागि नयाँ खुद्रा विकि मूल्य क्रमशः रू. ११८।०० तथा रू. १०१।०० एवं हवाई ईन्धन (आन्तरिक उडान तर्फीको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु २१०० ले वृद्धिगरि रू ७४।०० प्रति लिटर कायम गरेको छ भने एल.पि. ग्याँस तथा हवाई ईन्ध न (आन्तर्राष्ट्रिय उडान तर्फीको मुद्रा विकि मूल्य हाललाई यथावत नै कायम राखिएको छ ।

यस मूल्य समायोजन पचात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९।३५, डिजेलमा प्रति लिटर रू. ५१८० तथा एल.पि.ग्यासमा प्रति सिलिण्डर रू. ३९२१८२ घाटा नै रही अर्धमासिक रूपमा करिब रू. १ अर्ब २७ करोड ७० लाख घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेटोलियम पदार्थको आ;पूर्ति व्यवस्था सहज गरिने व्यहोरा जानकारी गराईन्छ । साथै हालको मूल्य समायोजन पश्चात् पनि भारतिय सीमाको रक्सौल सँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रु. ३३१४२ र डिजेल प्रति लिटर रू. ३९।६१ ते नेपाल तर्फ नै उल्लेखनिय रुपमा सस्तो रहेको सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत् जानकारी गराईन्छ

प्रतिक्रिया दिनुहोस्