बालुवाटार जग्गा प्रकरण बारे भट्टराईले गरे यस्तो कडा ट्वि’ट, ओलीलाई यतिसम्म भनेपछि हंगामा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले अस’हजता महसुस गरेको बताएका छन् । पूर्व प्रधान मन्त्री डा भट्टराईले देशमा व्याप्त भ्र’ष्टाचाररुपी क्यान्सर को एउटा अंश ललिता निवास प्रकरणमा अख्तियारको प्रयत्न स्वागत योग्य भएको बताएका छन् । तर यसमा कतिपय त्रुटि र अपूर्णता देखिएको उनको भनाइ छ ।

हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाम मुखी भन्दा प्रकृयामुखी बढी भएकाले यस्तो हुनुक्छ । मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसूस गरेको छु ।’ उनले सामाजिक सञ्जाल ट्विटरमा अगाडि लेखेका छन्, ‘सुर–असुर द्व’न्द्वबाट निस्केको काल कुट विषय पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि निलकण्ठ बन्न तयार छु!

तर दोषीलाई छोड्ने, निर्दोषलाई फ’साउने नहोस् ! वा जानीजानी दु’ष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिब’न्दले अघि देखिने चै फस्ने नहोस् !’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा बुधवार मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र डाबाबुराम भट्टराईसमेतको मिलेमतोमा यति ठूलो भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ। तर, नीतिगत निर्णय भएको र आफ्नो क्षेत्रा अधिकारमा नपर्ने भएकाले मुद्दा दायर गर्न नसकिएको अख्तियारले जनाएको छ। ‘सामूहिक रूपमा गरिएका नीतिगत निर्णयहरू आयोगको अनुसन्धानको क्षेत्राधिकारमा पर्ने नदेखिएको हुँदा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान भएपनि निजको हकमा केही गरिरहनुपर्ने देखिएन अख्तियारको आरोपपत्रमा भनिएको छ

नेपाल प्रधानमन्त्री हुँदा १६ मंसिर, १२ पुस र १४ चैत ०६६ मा तीन पटक गरेर प्रधानमन्त्री निवास र बाटो विस्तारको नाममा जग्गा सट्टाभर्ना दिने निर्णय भएको थियो । त्यसरी १७ जनालाई सरकारी जग्गा दिइएको थियो । मन्त्रि परिषद्को सो निर्णय गैरकानुनी भए को अख्तियारको ठहर छ । त्यतिखेर प्रधानमन्त्री निवासको पर्खालसमेत भत्काएर निजी प्लटिङमा बाटो लगिएको थियो ।

त्यस्तै, भट्टराई प्रधानमन्त्री हुँदा नेपाल समरजंग कम्पनीको नाममा रहेको जग्गा टि’किन्छा गुठीको नाममा दर्ता गर्ने र मोही हरूलाई जग्गा दिने निर्णय भएको थियो । नक्कली मोही ख’डा गरेर यसरी जग्गा व्यक्तिको नाममा लगिएको थियो । यस्तो निर्णय गर्ने सम यमा प्रधानमन्त्रीहरुलाई अख्तियारले उन्मुक्ति दिएर सानालाई सजायँ दिन खोजेको भन्दै सामाजिक सञ्जालमा आलोचना जारी रहँदा डा भट्टराईको यस्तो प्रतिक्रिया आएको हो

प्रतिक्रिया दिनुहोस्