लगातार हिमपात, सुत्केरीले समयमै उपचार नपाउँदा ज्या’न गयो

मुगु, २३ पुष । मुगुमा समयमै स्वास्थ्य संस्था र एक्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा एक महिलाको ज्या’न गएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको आज बुधबार बिहान सु’त्के री भएपछि अत्यधिक र’क्तश्राव हुँदा ज्या’न गएको हो ।

थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्य कर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उहाँको अकालमै ज्या’न गएको श्रीमान् रामबहादुर विकले बताउनु भयो। ‘‘घरमै सु’त्केरी भए पनि सालनाल नभएको र अ’त्यधिक र’क्तश्राव भएपछि छिटो जिल्ला अस्पतालमा पु¥याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, मोबाइलका टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृ’त्यु भयो’’, राम बहादुरले भन्नुभयो ।

आमाको बाटैमा ज्या’न गएपछि नवजात बच्चाको विचल्ली भएको छ । लगातारको हिमपातले गत बिहीबारबाट मुगु र हुम्ला जिल्ला सञ्चार विहीन भएको छन् । सञ्चार अभावकै कारण समयमै अस्पताल पु¥याउन नसक्दा महिलाको ज्या’न गए पछि स्थानीय आ’क्रो शित भएका छन् । मृ’तक विकको गाउँबाट जिल्ला अस्पताल तीन घण्टाको पैदल दूरीमा टाढा रहेको छ । विकले यसपटक पाचौँ सन्तान जन्माउनु भएको थियो ।

भारी हिमपातसंगै हिमपातले जिल्ला भरको जनजीवन कष्टकर बनाएको छ । लगातार हिमपात भएपछि अत्याधिक जाडो समेत बढेको छ । निकै चहल पहल हुने गमगढी बजार समेत सुनसान रहेको छ । अत्याधिक हिमपातका कारण स्थानीयले प’शु चौपाया समेत गोठबाट निकाल्न सकेका छैनन् । हिपपात भएपछी भने कृषक खुसी भएका छन् । लामो समयदेखि पानी नपरेर निराशा भएका किसान भने खुसी भएका छन् । हिमपातसंगै खेतीपातीमा राम्रो हुने किसानहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्