कैलालीमा कै’दीबन्दीलाई गुलाफको फूल

काठमाडौं: भ्यालेन्टाइन डे’ मा आज कैलाली का’रागारका कै’दीबन्दीहरूले गुलाफको फूल उपहार पाएका छन्। प्रेम दिवसको अवसरमा कैलाली का’रागारमा रहेका कै’दीबन्दीहरूलाई गुलाफको फूल उपहार दिइएको छ। हेल्प फर ह्याप्पी नेसले कारागारमा रहेका ४७८ महिला र पुरुष कै’दीबन्दीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिँदै प्रेम दिवस मनाएको हो।

प्रेम रूपलाई नभई मानवतालाई गर्नुपर्ने सन्देश दिँदै कै’दीबन्दीसँग ‘भ्यालेन्टाईन डे’ मनाइएको संस्थाका सुदूर पश्चिम संयोजक घनश्याम भण्डारीले बताए। आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँ’स्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपाल मा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्ता माझ लोकप्रिय हुँदै आएको छ । नेपाल लगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण भ्यालेन्टाइन्स डे र अन्य पश्चिमा संस्कृति को प्रभाव बढ्दै गएको देखिन्छ ।

हुन त हामीले सुन्दै पनि आएका हौँ, ‘एक जना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राटको आदेश विपरित प्रेम जोडीहरुको विवाह गराइ दिएका थिए । त्यस पछि ती रोमन सम्राटले सेन्टलाई मृ’त्युदण्ड दिए । त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्