जिपको ठ’क्‍करबाट डिउटीमा रहेका प्रहरीको मृ’त्यु

काभ्रेपलाञ्चोक,२ फागुन। जिपको ठ’क्करबाट प्रहरी सहायक निरीक्षक (असई)को ज्या’न गएको छ। काठमाडौँबाट फर्निचरको सामान बोकेर पाँचखाल जाँदै गरेको बा १९च १३२३ नम्बरको बोलेरोको ठ’क्‍करबाट प्रहरी चौकी साँगाका इन्चार्ज तेजबहादुर गुरुङको ज्या’न गएको हो । गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो नि’धन भएको हो ।

ड्युटीमा नै रहेका असर्इ गुरुङलाई बाटो काट्ने क्रममा जिपले ठ’क्‍कर दिएको प्रहरीले जनाएको छ । गुरुङलाई प्रहरी चौकी अगाडि नै जिपले ठ’क्‍कर दिएको इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । तिमिल्सिना का अनुसार ठक्‍कर दिने जिपका चालक भक्तपुर नपा १० का बिक्रम नाकी बन्जारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको जिपले नियन्त्रण गुमाउँदा दु’र्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो। श’व पोष्ट मा’र्टमका लागि टिचिङ अस्पताल लगेको प्रहरीले जनाएको छ। डिउटीमै रहेका असइ गुरुङ बाटो काट्ने क्रममा बोलेरोले ठ’क्‍कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्