के मोबाइलले खोल्ला त मुना कार्कीको ह’त्या रहस्य ?

काठमाडौं, २ फागुन । गएको २७ माघमा ललितपुर सानेपास्थित निवासमा आफ्नै घरेलु सहयोगीबाट पूर्वसचिव अर्जुन कार्कीकी श्रीमति मुना कार्की अधिकारी (४८) को ह’त्या भयो । अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहरू घ’टना स्थलमा मुना र विजय चौधरी बाहेक तेस्रो व्यक्तिको प्रवेश नभएकोमा विश्वस्त छन् । घटनाको समयमा घरमा पालेको जर्मन सेर्फड जातको कुकुर पनि घर परिसरमै डुलिरहेको थियो ।

‘विजयले मुनाको ह’त्या गरेर आफूले आत्म ह’त्या गरेकोमा कुनै शंका छैन’, महा नगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेक प्रसाद राई भन्छन्, ‘तर विजयले किन यसो गरे, कारणको खोजीमा हामी जुटेका छौं ।’ उनले घ’टना स्थलबाट ब’रामद सबुत प्रमाणहरूको प्राविधिक अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको बताए । अहिले प्रहरीले मुना र विजय दुवैको मोबाइल फोन परीक्षणका लागि प्रयोगशालामा पठाएको छ ।

‘यसबाट थप तथ्य खुल्न सक्ने हाम्रो आशा छ’, राई भन्छन् । एसएसपी राईका अनुसार विजयको मृत्यु श्वासप्रश्वास ब’न्द भएकाले र मुनाको मृ’त्यु ग’म्भीर चो’टका कारण भएको हो । यद्यपि बिहीबार सम्म पाटन अस्पतालले दुवैको पोष्टमा’र्टम रिपोर्ट भने प्रहरी लाई दिएको छैन । प्रहरीका अनुसार, २०४८ सालमा अर्जुन र मुनाको विवाह भएको हो । दुवैका तीन सन्तान छन् । दुई छोरी विदेशमा बस्छन् । छोरा भने उनीहरूसँगै थिए ।

घ’टना अघि विजयको मनस्थिति

घ’टना भएको दिन पूर्वसचिव अर्जुन कार्की बिहान पशुपतिनाथको दर्शनका लागि गए । छोरा स्कूल गएपछि घरमा घरेलु सहयोगी विजय र मुना मात्र थिए। प्रहरीले कार्कीको घरमा रहेका चार थान क्लोज सर्किट क्यामेरामा कै’द दृष्यको विश्लेषणमा त्यो दिन विजय मा केही छ’टपटी भएको निष्कर्ष निकालेको छ ।

कार्कीको घरको भान्सा कोठा बाहिर राखिएको क्यामेराले भान्सा कोठाको एउटा भागको दृष्य कै’द भएको छ । घ’टनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार क्यामेरामा कै’द भिडियोका अनुसार १० बजेर ८ मिनेटमा मुना किचनमा काम गरि रहेको देखिन्छ । यही समयमा विजय धेरै पटक उनको नजिक ओहोर दोहोर गरेको देखिन्छ ।

त्यसको केही समयमा मुना झ्यालतर्फ विपरीत दिशामा फर्किएको बेला पछाडिबाट विजयले डोरीले घाँ’टीमा बाँ’धेर मुनालाई भुईंमा ल’डाएको देखिन्छ । त्यसपछि भान्सामै रहेको पि’र्काले उनलाई अ’न्धाधुन्ध प्र’हार गरे । त्यसपछिको १० मिनेटको भिडियोमा केही देखिंदैन । दुवै भुईंमा रहेकाले सीसीटीभीले यसपछि दृश्य कै’द गर्न नसकेको हो ।

‘विजयको मनमा केही योजना भएको उसको हाउभाउले देखाउँछ’, परिसरका अ’पराध अनुसन्धान शाखा प्रमुख डीएसपी सन्तोष तामाङ भन्छन्, ‘मुना भान्सामा छिरेपछि पनि ऊ वरिपरी घुमि रहेको दृष्यमा देखिन्छ ।’ पूर्वसचिव कार्की ११ बजेर २० मिनेटमा घर फर्कंदा विजय ल’डिरहेका थिए । उनको वरिपरी र’गतले बनाएका पाइतालाका डोबहरू थिए । श्रीमती मुना भान्सा कोठामा रग’ताम्य थिइन् ।

कार्की प्रसादको पोका त्यहीँ फ्याँ’केर चि’च्याउँदै बाहिर आए । हा’रगुहार गर्दा केही सेकेण्डमै छरछिमेक भेला भए। कसैले प्रहरीलाई खबर गरे । एकैछिनमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अ’पराध महाशाखाको टोली घ’टनास्थल पुग्यो। चिकि त्सक सहितको टोली लिएर प्रहरी घ’टनास्थल पुग्दा मुना ग’म्भीर घा’इते थिइन् ।

उनलाई तत्काल एम्बुलेन्स मगाएर नजिकैको स्टार अस्पताल पठाएर प्रहरी घ’टनास्थलको मु’चुल्का बनाउन थाल्यो । प्रहरीले मुना ल’डिरहेको स्थानमा टुक्रा’टुक्रा भएका प्ला’ष्टिकको पिर्का र नाइलनको डोरीको गुजुल्टो फे’ला पार्‍यो। डाइनिङ हलको टेबलमा केही पैसा, दुई वटा कैंची, एउटा डोरीको सानो टुक्रा लगायत सामग्री पनि फे’ला परेका थिए । भान्सामा र’गतका टाटाहरू यत्रतत्र देखिए ।

प्रहरीले विजयको श’व मु’चुल्कामा उनको घाँ’टीमा चुँ’डिएको नाइलनको डोरी फे’ला पा¥यो । यस्तै उनको शरीरका अन्य भागमा कुनै चो’ट पटक थिएन, दुवै घुँडामा बजारिएको जस्तो घा’उ र क’ट्टुमा वीर्य चुहिएको भेटियो। यस्तै मुनाको टाउकोमा धेरै ठाउँ मा घा’उ र बायाँ स्त’नमा धेरै पटक प्र’हार गरे जस्तो चो’ट देखिएको थियो । ‘विजयको भित्री बस्त्रमा वी’र्य भेटिएको हो’, एसएसपी राईले भने, ‘तर, आत्म ह’त्याको अधिकांश घ’टनामा वी’र्य भेटिन्छ ।’

कारणको खोजी

प्रहरी परिसर ललित पुरमा २७ माघमा मुनाका पति अर्जुन र २९ माघमा विजयका बुवा जानकी चौधरीले घ’टनाको अनु’सन्धान गरी सत्य तथ्य पत्ता लगाइदिन भन्दै जा’हेरी दिएका छन् । दुवैले आफन्तको श’व बु’झेर लगि सकेका छन् । प्रहरीमा विजयका बुबा जानकीले दिएको जानकारी अनुसार विजय उनका जेठा छोरा हुन् । २४ वर्षका उनी पछिल्लो सात वर्षदेखि सानेपास्थित कार्कीको घरमा घ’रेलु सहयोगीका रुपमा बसिरहेका थिए ।

यहाँ बसेको पाँच वर्षसम्म विजय घर गएनन् । त्यसपछि उनी जम्मा तीन पटक दाङको रनियापुर स्थित घरमा पुगेका थिए । पछिल्लो पटक उनी तिहारमा घर गएका थिए । जानकीले घ’टनाको केही दिन अघि (२०्२१ माघ यकिन मिति खुलाउन सकेनन्) विजयले फोन गरेको बताएका छन् । उनका अनुसार विजयले फोनमा मसुरोको दाल र पाँच लिटर तोरीको तेल मगाएका थिए। ‘काम गर्न आएपछि सबैभन्दा ठूलो भनेको एक पटक २० हजार रुपैयाँ पठाएका रहेछन्’ विजयका बुवा जानकीको भनाइ उद्धृत गर्दै एसएसपी राईले भने, ‘विजय बसेको कोठा हेर्दा ऊ माथि घरेलु हिं’सा भएको सं’केत भेटिएन ।’

सबै ठीकठाक भए यति क्रु’रतापूर्वक उनले किन मुनाको ह’त्या गरे ? ‘हामी कारण खोज्दैछौं’, एसएसपी राई भन्छन्, ‘सामाजिक, आर्थिक वा व्यवहारको विषय हुनसक्छ, त्यसको चाँडै यकिन हुनेछ।’ प्रहरीले घरमा आउजाउ गर्ने आफन्त सहित अन्य कामदा रहरूसँग क्रमशः बयान लिइरहेको छ । ‘पी’डामा वि’क्षिप्त रहेका कारण कार्कीसँग बयान लिन बाँकी छ’, राई भन्छन् । हिमाल खबर पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्