‘दिनभरि ड्युटीमा हुन्छौँ, काम नै हाम्रो भ्यालेन्टाइन्स डे हो’

काठमान्डौ : महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँमा कार्यरत छन्, रेशमकुमार कँडेल । बर्दियाका उनले रामेछापकी सावित्रा खड्कासँग बिहे गरेको आठ वर्ष भयो । सावित्रा पनि ट्राफिक प्रहरी हुन् ।यो जोडीको एक छोरी छ । ‘अहिले दुवैको पोस्टिङ महाशाखामा छ,’ रेशम भन्छन् । उनीहरूको पहिलो भेट ट्राफिक प्रहरीको कार्यालयमै भएको थियो ।

‘बुटवलबाट तालिम सकेर यहाँ आएको थिएँ,’ उनी भन्छन्, ‘उनी पनि भरतपुरको तालिम सकेर यहाँ आएकी थिइन् ।’ चिनजान भयो । तर, उनीहरूबीच खासै कुराकानी चाहिँ हुँदैन थियो । ‘कुराकानी नभए पनि उनी राम्री लाग्थिन्,’ उनी भन्छन् । अफिसका साथीहरूले सावित्रासँग उनको नाम जोडेर जिस्काउन थाले । ‘सुरु–सुरुमा साथीहरूको कुराको वास्ता गरिनँ,’ उनी भन्छन्, ‘पछि–पछि आफूलाई पनि ‘हो कि क्या हो ?’

जस्तो लाग्न थाल्यो । कता–कता आफूले उनलाई मन पराएको महसुस हुन थाल्यो ।’ साथीहरूले सावित्राकै अगाडि रेशमलाई जिस्काइदिन्थे। ‘उनकै अगाडि त्यसरी साथीहरूले जिस्काउँदा डर र लाज एकैचोटि लाग्थ्यो’ रेशम सम्झन्छन् । साथीभाइले जिस्काइ रहँदा सम्म उनीहरूबीच कुराकानी भने भएको थिएन । ‘साथीभाइले ‘सावित्राले तिमीलाई मन पराउँछे रे !’

भन्दै नहुने गफ पनि लगाउँथे कहिलेकाहीँ,’ उनी भन्छन्, ‘सावित्रालाई पनि त्यसै भनेर जिस्काउँदा रहेछन् ।’ धेरै समयसम्म उनी हरूको प्रेम अव्यक्त रह्यो । तीन महिनाको ट्राफिक तालिम अवधिभरि सँगै रहे पनि उनीहरूबीच कुराकानी भएन। कुराकानी नभए पनि आफूहरू एकअर्काको प्रेममा परेको उनी बताउँछन् । ‘साथीहरूले जिस्काउँदा हामी दुवै जना लजाउँथ्यौँ,’ उनी भन्छन्, ‘एकअर्कासँग कुराकानी गरिएन, बोलिएन, तैपनि माया बस्यो ।’

‘आठ महिनाको प्रेम सम्बन्धपछि हामीले मन्दिरमा विवाह ग¥यौं,’ उनी भन्छन्, ‘विवाहपछि सावित्राको परिवारले हाम्रो स’म्बन्ध स्वीकार ग¥यो ।’विवाहको भोलिपल्ट नै नव’विवाहित जोडी काममा फर्कियो । उनीहरूको साढे चार वर्षको छोरी छिन् । आफूहरूले अहिले सम्म भ्यालेन्टाइन्स डे नमनाएको रेशम बताउँछन् । ‘प्रेम दिवस कहिले हो ? भन्ने नै थाहा नपाउने हामीले के मनाउँथ्यौँ र ?’ उनी भन्छन्, ‘दिनभरि ड्युटीमा हुन्छौँ । काम नै हाम्रो भ्यालेन्टाइन्स डे हो ।’ सम्पूर्ण साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्