नगरकोटमा प्रहरी र स्थानीयबीच ढुङ्गा हा’नाहान

भक्तपुर, ३ फागुन । चाँगुनारायण नगरपालिका वडा न. ६ नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा आज प्रहरी र स्थानीयबिच झ’डप भएको छ । चीनको वुहानमा रहेका नेपालीको उ’द्धार गरेर सरकार ल्याउन लागेको र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको बिरोधमा स्थानीय बासीले बि’रोध गर्दै आज गरेको आन्दोलनमा प्रहरीसंग झडप भएको हो ।

खानेपानीको कार्यालयमा बनाएको क्वा’रेन्टाइनमा राख्न लागेको भन्दै त्यसको बिरोधमा नाराजुलुस गरि खानेपानी कार्यालयमा अवरोध गर्दै सडक बन्द गराई टायर बालेर विरोध गरेपछि झ’डप भएको वडा नं. ६ का वडा अध्यक्ष सन्त बहादुर तामाङ्गले बताउनु भयो। प्रहरीले उनीहरुलाई रोके पछि आक्रोसित भएका स्थानीयले सडक बन्द गराई बिरोध गरेपछि प्रहरीले रोक्न बल प्रयोग गर्दा झडप भएको र ढुङ्गा हानाहान भएको उहाले बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुग्दा बि’रोध भईरहेको थियो। स्थानीयले एक सातादेखि बि’रोध गर्दै आएको र आज पनि दिनभरीनै बिरोध गरेको नगरकोटका विष्णु तामाङ्गले बताउनु भयो।यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्