नायिका प्रियंका र आयुस्मानको विवाह फेब्रुअरी २७ मा

काठमाडौं। अभिनेत्री प्रियंका कार्कीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छिन्। लामो समयदेखि अभिनेता आयुस्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी कार्कीले फागुनमा विवाह गर्ने भएकी हुन्। साजिक सञ्जाल इ’न्टाग्राममा उनले फेब्रुअरी २७ मा विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् ।

प्रियंका र आयुस्मानले गत वर्ष इन्गेजमेन्ट गरेका थिए। यही फागुन महिना भित्र विवाह गर्न लागेकी नायिका कार्कीले प्रेमि आयुष्मान देशराज जोशीसँग मिलेर नयाँ घर किनेकी हुन्। बुधवार फिल्म ‘लक्का जवान’ को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्य क्रममा आफ्नी आमा र परिवारका केही सदस्यको साथमा पुगेकी प्रियंकाले हालै आयुष्मानसँग मिलेर नयाँ घर किनेको जानकारी दिएकी हुन् ।

‘आयुष्मान र म मिलेर काठमाडौंमा नयाँ घर किनेका छौं । घर सेट अपमा अहिले व्यस्त छु,’ प्रियंकाले भनिन्, ‘घर सेटअप के हो भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत हुनु हुन्छ।’ गत महिना आफ्ना केही नजिकका साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी प्रियंका अहिले भने विवाहको तयारीमा पूरै जुटेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्