अ’छुत नर्स रहेछु : जुन गाउँमा स्वास्थ्य सेवा दिन्छु, त्यही गाउँमा कोठा पाइनँ

काठमाडौं : ०४९ सालमा सिरहाको खिरौनामा जन्मिएँ । त्यही गाउँकै स्कुलमा कक्षा १ सम्म पढेँ । बुबाको जागिर वन कार्यालयमा भएकाले हामी सबै परिवार सुर्खेतको बुद्धपथमा बसाइँ स-यौँ । हामी नयाँ ठाउँमा, नयाँ गाउँमा पुग्यौँ। त्यहाँ पुगेपछि बुबाले मलाई नर्सरीमा भर्ना गरिदिनु भयो । म बोर्डिङ स्कुलमा पढ्न थालेँ । तर, त्यहाँको पढाइ एकदमै महँगो थियो ।

किनकि स्कुल जाने म मात्रै थिइनँ । मसहित दिदी र भाइलाई पनि बुबाले पढाउनु पर्ने थियो । बुबाको कमाइले हामी सबैजना बोर्डिङ स्कुलमा पढ्न सकेनौँ । घर खर्चदेखि पढाइ खर्च सबै बुबाको कमाइबाट चल्ने सम्भावना थिएन । त्यसपछि म उषा बाल वाटिका माध्यमिक विद्यालयमा भर्ना भएँ । त्यहाँ पढ्दा कुनै पनि प्रकारको भेदभाव भोग्नुपरेन । साथीहरू, शिक्षकहरूका तर्फबाट कुनै पनि प्रकारको भेदभाव, दुव्र्यवहार भएन ।

स्कुल पढ्दा म दलित मुसहर भनेर हीनताबोध भएन । मिहिनेत गरेर पढेँ । उषा बालवाटिका माध्यमिक विद्यालयबाट २०६३ सालमा दोस्रो श्रेणीमा एसएलसी पास भएँ । त्यो क्षण मेरो जीवनमा सबैभन्दा खुसीको क्षण थियो । त्यसवेला आमाबुबा धेरै खुसी हुनु भएको थियो । १० वर्ष लामो बसाइपछि फेरि बुबाको सरुवा भयो । बुबाको सरुवा सुर्खेतबाट जनकपुरमा भयो ।

बुबाको सरुवा हुने कुराले मलाई निकै चिन्तित बनायो । जहाँ मैले बाल्यकाल गुजारेको थिएँ, त्यो ठाउँ छाड्नुपर्ने थियो । त्यहाँ मैले विभेद भोग्नु परेन । बुबाको सरुवा हुने कुरा मेरा लागि बज्रपात जस्तै भयो । सुर्खेतमा पाएको माया, प्रेम र स्नेहले त्यो ठाउँ छाड्न फिटिक्कै मन थिएन । तर, नचाहेर पनि त्यो ठाउँ छाड्नैपर्ने भयो । बाल्यकाल बिताएको गाउँ र स्कुल छाडेर हामी जनकपुर आयौँ ।

बुबाको त्यो सरुवा देखि नै मेरो जीवनमा दुःखको आगमन भयो । सानैदेखि सुर्खेतमा बसेकाले मलाई जनकपुर तिरको भाषा पनि त्यति राम्रो बोल्न आउँदैनथ्यो । त्यसपछि जनकपुरमा मेरा दिनहरू बित्न थाले । एसएलसी पास गरेपछि स्टाफ नर्स बन्ने सपना थियो । तर, पैसाको कारणले मैले पढ्न पाइनँ । मेरो सपनाविपरीत बुबाले मलाई शिक्षा संकायमा भर्ना गराइदिनु भयो ।

कलेज गएँ । पहिलो दिनमै मैले आफ्नो नाम रूपाकुमारी सदा भनेँ । साथीहरूले अचम्मित हुँदै सोधे, ‘कुन सदा ? साथीहरू अचम्मित भएको देखेर म अकमक्क भएँ । के भनूँ के भनूँ भएँ। साथीहरूले फेरि कुन जातिको हो भनेर सोधे । मैले मुसहर हुँ भनेँ । मुसहर शब्द सुन्नेबित्तिकै सबैको अनुहार एक्कासि परिवर्तन भयो । सबैजनाले छक्क पर्दै ‘ए ! मुसहर जाति पो’ भने ।

गर्भवती भएकाले स्वास्थ्यचौकी नजिकै कोठा लिएर बस्ने विचार गरेँ । गाउँमा कोठा खोज्न थालेँ । धेरै ठाउँमा गएर कोठा खोजेँ, तर मलाई कसैले कोठा दिएन । गाउँका मानिसले म मुसहर जातिको भएको थाहा पाइ सकेका रहेछन् । उनीहरूले देवता रिसाउँ छन् भन्दै मलाई कोठा दिएनन् । त्यसपछि म अस्पतालकै अँध्यारो कोठामा बस्न थालेँ । यो समाचार नयापत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्