एउटै सरकार दुई वर्षसम्म चल्नु पनि उपलब्धि : प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्र्षे काम का’रबाहीबाट जनतामा इम्प्रेशन आएको बताएको छन्। शनिबार संसदको प्रतिनिधि सभामा सरकारको काम का’रबाही बारे जानकारी दिँदै उनले भने ‘ पहिले सरकारका उद्देश्य बारे चर्चा गर्दा गफ गरेर हुन्छ । गर्छु भनेर हुन्छ । काम गरेको देखिनु पर्यो । यो काम गरेर भनेर आउनु पर्यो ।

तथ्य आकँडा प्रस्तुत हुनु पर्यो भनेको सुन्थ्येँ ।’ अहिले परिवेश अलि बदलिएको देखिए उनले बतथाए । ‘यहाँ अहिले परिवेश अलि बदलिएको देखिएको छ । यो एक वर्षदेखि एउटा थेगो जस्तै अंक, आकँडा हुन्छ । गोलोबल इन्डेक्स बाट हुन्छ । जनतामा इम्प्रेसन के छ ?’ प्रधानमन्त्री ओलीले भने, ‘भन्ने स्ता कुराहरु सुनिन थालेको छन् । यस्ता तर्क सुन्दा बेलाबेलामा म विस्मित हुने गर्छु ।

भनौँ कि जस्तो लाग्छ । अंकमा होइन अनुभूतिनै सही छ । इन्डेक्स होइन, इम्प्रेसन कै कुरा सही छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्। प्रतिनिधिसभा बैठकलाई शनिवार संबो धन गर्दै प्रधानमन्त्री ओलीले सरकार बन्ने र ढल्ने क्रममा एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने अवस्था रहेको बताए।

‘एउटै सरकार दुई वर्ष चल्दा पनि उपलब्धिका रूपमा लिनुपर्दो रहेछ,’ प्रधानमन्त्री ओलीले भने । विगत दुई वर्षयता सितलहर र जाडोले कसैले ज्यान गुमानु नपरेको प्रधानमन्त्रीको दाबी छ । उनले भने, ‘यो अंक मात्र होइन, अनभूति मात्र हो। भरखरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनले जनतामा के अनभूति छ, भन्ने कुरा बताएको छ । कसैले भन्नु होला यो त पुरानै आधारमा खडा भएको परिणाम हो ।

त्यसै ठान्ने हो भने पनि गएको उपनिर्वाचनमा केही स्थानमा सरकार पक्षधरहरुले हारे पनि समग्रमा सिटको संख्या वा मतको संख्यामा पनि सरकारको पक्षमा बढी आएको छ। त्यसले अवश्य इम्प्रेसन देखाएको छ भन्ने मलाई लाग्छ। या जनतामा इम्प्रेसन कै कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्