जनकपुरमा मन्त्रीलाई का’लोमोसो दल्न गएका आधा दर्जन युवा गि’रफ्तार

धनुषा, ३ फागुन । सामाजिक विकास मन्त्री नवल किशोर साहलाई का’लोमोसो गर्न गएका आधा दर्जन युवालाई धनुषा प्रहरीले गि’रफ्तार गरेको छ। राजपा धनुषाका जिल्ला अध्यक्ष र विद्यार्थीका समेत केन्द्रीय अध्यक्ष रहेका ज्ञानेन्द्र झा ज्ञानू र मन्त्री साहबीच शुक्रवार भएको सामान्य भना भन पछि अवस्था त’नावग्रस्त बनेको थियो ।

जनकपुर धाम ८ स्थित जानकी हेल्थ केअर एण्ड टिचिङ हस्पिटलको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पुगेका मन्त्री साहलाई युवा विद्यार्थी हरुले का’लो झण्डा देखाउनुको साथै का’लोमोसो दल्ने कार्यक्रम राखेका थिए । राजपा समर्थनमा युवा समुहले का’लोमोसो लगाउन गएका युवालाई प्रहरीले गि’रफ्तार गरेको हो ।

सोही विषयलाई लिएर आज झा समर्थित युवाहरु मन्त्री साहको वि’रोध गर्न राम जानकी अस्पताल पुगेको हो। प’क्राउ गरिएको युवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा लागिएको छ। मन्त्रालय र मन्त्रीको कामा का’रबाहीका विषयमा असन्तुष्टि व्यक्त गर्दा मन्त्री साहले नेता झालाई तपाईंको के औकात भनेर हकारेका थिए।

प्रतिक्रिया दिनुहोस्