चीनका नौ अस्थायी अस्पतालमा कोरोना भाइरस विरुद्धको सेवा सुरु

काठमाण्डौ : चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौ ओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन्। काेराेना भाइरसकाे स’ङ्क्रमणकाे प्रभाव उच्च भएकाे यस प्रान्तमा निर्माण हुने अस्पतालहरुमा ६ हजार ९६० शैय्या राखिएका छन्।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अधिकारीहरुले दिएको जानकारी अनुसार ती अस्पतालहरुमा कोरोना भाइरसबाट स’ङ्क्रमित ५ हजार ६०६ जनाको उपचार भइ रहेको छ । वुुहानमा आयोजित पत्रकार सम्मेलनमा एनएचसीका उपप्रमुख वाङ हेशेङले नयाँ अस्थायी अस्पतालहरु सुरु भएको जानकारी दिनु भएको हो ।

अस्थायी अस्थालमा सेवा सुरु भएर सेवा पाउन थालेपछि कोरोना भाइरस स’ङ्क्रमितहरुले राहत महशुस गरेका छन् । रोगको प्र’कोप न्यूनिकरण तथा व्यवस्थापन गर्न यी अस्पतालहरुबाट उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ । बिरामीहरुले राम्रो उपचार सेवा पाईरहेको बताएका छन् भने कतिपय विरामीहरु उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्