१८५ नेपाली वुहान विमानस्थलमा : ‘कोरोना सं’क्रमण कसैलाई छैन’

वुहान: कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान प्रान्तको आसपासका १८५ नेपाली वुहान अन्तराष्ट्रिय विमानस्थलमा जम्मा भएका छन्। विमानस्थलमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण भइसकेको छ। पहिलो चरणमा १८५ विद्यार्थी कसैलाई पनि संक्रमण देखिएको छैन। त्यसपछि उनीहरुलाई दोस्रो चरणको परीक्षणका लागि लगिएको छ।

स्वास्थ्य परीक्षणका क्रममा नेपालीमा समस्या नदेखिएपछि सबै स्वदेश फर्किन पाउने भएका हुन्। स्वास्थ्य समस्या भए त्यही राखेर उपचार हुनेछ। १८५ मध्ये १४३छात्र छन् भने तीनजना बच्चा सहितका ४२ छात्रा छन्। उनीहरु सबै वुहान आसपासका सहरबाट विमान स्थल आएका हुन्। चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा आइपुगेका हुन्।

कतिपय विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै उनीहरु एयरपोर्ट आइ पुगेका हुन्। कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका छन्। १८५ नेपालीमध्ये १७९ जना विद्यार्थी हुन्। एक जना भने कामदार भिसामा चीन गएका नेपाली हुन् भने अन्य चार जना चीन घुम्ने क्रममा वुहान पुगेका थिए। उनीहरुको साथमा तीनजना बालबच्चासमेत भएको पइचिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए।

‘पहिलो चरणको स्वास्थ्य परीक्षणमा समस्या नदेखिए पछि खुशी छौँ’, उनले भने, ‘हामी पइचिङमै बसेर उनीहरुको विषयमा जानकारी लिइ राखेका छौँ । विद्यार्थीलाई नै स्वयम्सेवकको रुपमा खटाएका छौँ ।’ लामो क’ष्टपूर्ण दैनिकीबाट छुटकारा पाउने र स्वदेश फर्किने दिन आइपुगेपछि विद्यार्थीमा उत्साह देखिन्छ। नेपाल सरकारले आफ्नो कुरा सुनेर फर्काउँन लाग्दा खुसी लागेको उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्