वर्षाै पछि मेरी बास्सैमा देखिए धुर्मुस-सुन्तली (भिडियो सहित)

३ फाल्गुन २०७६, शनिबार काठमाडौँ : सर्वाधिक लो’कप्रिय हास्य टेलि सिरियल ‘मेरी बास्सै’ मा आउँदो हप्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ लाई देख्न पाउने भएको छ । धुर्मुस सुन्तली नाम जन्माएको सिरियल हो मेरी बास्सै, उनीहरूले मेरी बास्सैको सुरुवाती दिनदेखिनै श्रीमान् श्रीमतीको भूमिका निभाउँदै आएका थिए ।

पर्दामा श्रीमान श्रीमती बनेर अभिनय गर्दागर्दै रियलमा पनि श्रीमान श्रीमती बन्न पुगेका यी जोडी पछिल्लो समय कलाकारिताबाट अलिपर रहेर सामाजिक कार्यमा लागिरहेका छन् । २०७२ सालको विनाशकारी महाभुकम्प पछि समाजसेवामा लागेको यी जोडीले अहिले चित वनको रामपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् ।रंगशाला निर्माण सँगै धुर्मुस सुन्तलीले चलचित्र पनि निर्माण गरेका छन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र “सेन्टी भाइरस” फागुन ०९ महाशिव रात्रीको दिन देखि देशभर प्रदर्शनमा लाउन लागेको हो । यसै चलचित्रको प्रचार प्रसारमा धुर्मुस सुन्तली मेरी बास्सैमा फेरि जोडिएका हुन् । पछिल्लो समय कलाकारिता भन्दा समाज सेवामा हाँस्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सक्रिय छन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्