जब जमिनदार दुई नाले ब’न्दुक सहित बस्ती हटाउन पुगे…

सिरहा : सिरहाको मिर्चैया नगरपालिका–५ का जमिनदार वीरेन्द्र साह पूर्व– पश्चिम राजमार्गको उत्तरपट्टी जीवा खोला छेउमा आफ्नै जग्गामा रहेको सु’कुम्बासी बस्ती डोजर लगाएर हटाउन दुई नाले ब’न्दुक सहित पुगेका छन्। जमिनदार साह जग्गा खाली गराउन पुगेको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झ’डप हुनसक्ने भन्दै प्रहरी पठाए ।

अमिन ल्याएर र प्रक्रिया पुर्‍याएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको डिएसपी जैसवालले बताए । ब’न्दुक लिएर बस्ती पुगेका साहलाई प्रहरीले प्रत्यक्ष भेटे पनि केही का’रवाही गर्न सकेनन् । साहको तस्बिर सार्व जानिक भएपछि भने प्रहरी खोज तलासमा लागेको छ । साँझ मात्रै उनलाई सोधपुछका लागि नि’यन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

‘साहले बोकेको ब’न्दुक लाइसेन्सबाला हो। उनलाई नि’यन्त्रणमा लिएर आवश्यक सोधपुछ गर्दैछौँ’ जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले भने। जानकारी पाएलगतै साहलाई नियन्त्रणमा लिन प्रहरी खटाइएको सिरहाका एसपी चतुर्वेदीको भनाइ छ । आफूले बोकेको ब’न्दुक लाइसेन्सबाला भएको उनको भनाइ छ । अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्