नेपालीहरु लिनका लागि चीनको वुहान पुग्यो विमान, केही बेरमै स्वदेश फर्कंदै

काठमाडौं। चीनको हुवेई प्रान्तबाट नेपालीको उद्धार गर्न नेपालबाट गएको नेपाल वायु सेना निगमको वाईड बडी विमान वुहान पुगेको छ। हुवेई प्रान्तको राजधानी वुहानबाट निगमको विमानमाफर्त नेपाली हरुलाई आजै काठमाडौं ल्याउन लागि एको छ। बेइजिङस्थित दूतावासमा स्वदेश फर्किन निवेदन दिएका १८० जना नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन लागिएको हो।

उनीहरुलाई त्रिभुवन विमानस्थलबाट सिधै गाडीमा राखेर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिने विमानस्थल स्रोतले जनाएको छ। स्रोतले भन्यो ‘उनीहरु वुहान विमान स्थलमा स्वास्थ्य जाँच पछि विमानमा चढ्नेछन्, त्यसपछि यहाँ पनि स्वास्थ्य जाँच हुनेछ, त्यसपछि सिधै खरि पाटी लगिने छ।’ यो उद्धार मिसनको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाको नेतृत्वमा भइरहेको छ।

यसैबीच उद्धार गरिएका नेपालीहरुको पहिचान गोप्य राखिने जनाइएको छ। उनीहरुलाई कोड नाम दिइएको समेत बताइएको छ। उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए। वुहानबाट स्थानीय समय अनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर निगमको वाइडबडी विमान काठमाडौं फर्कनेछ।

प्रतिक्रिया दिनुहोस्