टिपरको ठ’क्करबाट दुई विद्यार्थीको मृ’त्यु

०३ फागुन २०७६, विराटनगर : विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठ’क्करबाट दुई जना मोटर साइकलमा सवार विद्यार्थीको आज मृ’त्यु भएको छ । तीन जना सवार मोटर साइकल ओभर टेकका क्रममा ठ’क्कर खाँदा उक्त दु’र्घटना भएको हो ।

ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१प १६०८ नं को मोटरसाइकललाई महानगर स्वागतद्वार स्थित ठ’क्कर दिंँदा दुई जनाको म’त्यु तथा एक जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको प्रहरीले जनाएको छ । घा’इते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दु’र्घटना गर्ने चालक र टिपरलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्