नेपालमा हि’न्दू राष्ट्र पुर्नस्थापनाका लागि जनमत संग्रह हुनुपर्छ : भाजपा नेता उपाध्याय

काठमाडौं, ३ फागुन । भारतीय जनता पार्टी भाजपाका नेता डा.दिनेश उपाध्यायले नेपालमा हि’न्दू राष्ट्र पूर्नस्थापनाको लागि जनमत संग्रह गरिनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । नेपाल हि’न्दू राष्ट्र हुनुपर्छ भन्ने आफ्नो अडान सदैव कायम रहेको उल्लेख गर्दै उहाँले यो आफ्नो व्यक्तिगत धारणा र भावना भएको पनि प्रष्ट पार्नु भयो ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेपालमा पछिल्लो समय ध’र्म परिवर्तन भैरहेको र यो पा’प कर्म भएको पनि बताउनु भयो । उहाँले कसैको दबा’ब, आर्थिक प्र’लोभनमा ध’र्म परिवर्तन गराउनु ग’लत भएको जसले यस्तो गराउँछ उनी हरुलाई मृ’त्यु द’ण्ड दिनुपर्ने माग पनि गर्नुभयो । नेपालमा सनातन ध’र्म हुनु पर्ने आफ्नो मान्यता रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

नेता उपाध्यायले पछिल्लो समय पूरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर ध’र्म परिवर्तन गराउने काम भैरहेको भन्दै त्यसमा आ’पत्ति पनि जनाउनु भयो । उपाध्यायले भारत नेपालसंगको सीमा वि’वाद समाधान गर्न जति खेर पनि तत्पर रहेको पनि प्रष्ट पार्नुभयो । साक्षात्कारमा उपाध्यायले नेपाल-भारतबीचको सीमा वि’वाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनु पर्नेमा जोड दिनुभयो ।

उहाँले भारतले बंगलादेशसंगको सीमा विवादलाई सहजताका साथ समाधान गरेको चर्चा गर्दै नेपाल त नजिकको छिमेकी भएको र दुई देशबीच कुनै ठूलो समस्या नरहेको पनि प्रष्ट पार्नुभयो । भारत ठूलो हृदय बोकेर सीमा समस्याको समाधानको लागि ध’र्म पालना गर्न तयार रहेको पनि उहाँको भनाइ थियो । नेपाल र भारतबीच कुनै ठूलो सीमा समस्या नभएको जिकिर गर्दै उहाँले साना तिना वि’वाद भए आपसमा बसेर यो समाधान गर्न भारत तत्पर रहेको पनि बताउनु भयो ।

भातरको आयुष मन्त्रालयका बोर्ड सदस्य समेत रहेका उपाध्यायले पूरै विश्वमा नेपाल एक मात्रै त्यस्तो देश भएको जो कहिले पनि कसैको दास बन्नु नपरेको भन्दै नेपालको प्रशंशा पनि गर्नु भयो । दास हुँदाको पी’डा र स’जाय आफुहरुले भोगेको चर्चा गर्दै कसैको दास नभएको नेपाल त पूरा विश्वको शीर एवं टोपी भएको बताउनु भयो। नेता उपाध्यायले नेपालमा कुनै नोक्शानी भए त्यसको प्रत्यक्ष असर भारतमा पर्ने र भारतमा त्यस्तो भए नेपालमा पनि असर पर्ने चर्चा गर्नुभयो । उहाँले भारतबाट नेपाललाई कहिल्यै पनि हानी नभएको दा’वी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्