हेर्नुहोस आजको राशिफल : वि.सं.२०७७ साल चैत्र २३ गते । सोमबार ।

यूवा ज्योतिषी डीपी भण्डारी : वि.सं.२०७७ साल चैत्र २३ गते । सोमबार । ईश्वी सन् २०२१ अप्रिल ०५ तारिख। नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–अष्टमी,०४ घडी १९ पला,बिहान ०७ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्वाषाढा,०१ घडी ४२ पला,बिहान ०६ बजेर ३३ मिनेट उप्रान्त उत्तराषाढा । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २२ मिनेट । दिनमान ३१ घडी १६ पला ।

मेष : नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउने छ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडी बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ ।

वृष : यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानी गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रे’मको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन : बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन्। अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ। भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला। खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा स’मस्या आउनेछ।

कर्कट : दा’म्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ। पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रे’ममा नजिकिने समय रहेकोछ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

सिंह : बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई प’रास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋ’ण, रो’ग तथा स’त्रुबाट छुटकारा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउने छन् । व्यापार व्यावसाय फ’स्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । मा’या प्रे’ममा सा’मिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कन्या : बैक तथा वित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फ’स्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ। पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । मा’या प्रे’ममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त वा आमासँग मन मु’टाब बढ्ने योग रहेकोछ ।

तुला : बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने परा’क्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउने छ। मा’या प्रे’ममा नजिक हुने समय रहेकोछ भने दा’म्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छा’ती तथा श्वास प्रश्वास सम्बन्धी स’मस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

वृश्चिक : दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । परा’क्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्ने छ । वाद वि’वाद तथा मु’द्दा मा’मिलामा तपार्ईँकै जित हुने छ । मा’या प्रे’ममा सा’मिप्यता बढ्नुको साथै पति प’त्नी बीच मा’याको डोरो क’सिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचे जस्तो सफलता पाइनेछ ।

धनु : समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरि योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको स’म्बन्धमा सुधार हुने छ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रे’ममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

मकर : राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्म वि’श्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा वि’लासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेकोछ ।

कुम्भ : बिहानको समय राम्रो रहेकोले माया प्रे’मको ब’न्धन क’सिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ। व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ। खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ। दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ। तरपनि स्वास्थ्य सम्बन्धी स’मस्या बढ्ने तथा खर्चालु समय रहेकोछ ।

मीन : माया प्रे’ममा सा’मिप्यता बढेर जानेछ भने पति प’त्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जाने छ । बिभिन्न अवसरहरूले पछ्याउने हुदा राम्रा परिणाम मुखी काम गर्न सकिनेछ । सरकारी सम्पती तथा पै’त्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । तपाईँको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्