तस्बिरमा हेर्नुहोस् चीनको वुहान विमानस्थलमा रहेका नेपाली

काठमाडौं । कोरोना भाइरसबाट प्रभा’वित चीनको वुहानमा रहेका नेपाली आइतबार बिहान नेपाल आइपुग्ने भएका छन् । उनीहरुलाई उद्दारका लागि नेपाल वायुसेवा निगमको जहाज बुहान पुगिसकेको छ । चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेका छन् ।

चीनमा रहेका नेपालीहरु वुहान एयरपोर्टमा जम्मा भइसकेका छन् । शयान, यिथाङ, चीङचउ, चीङमन, वनसीलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा पुगेका हुन्। विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै एयरपोर्ट पुगेको बताइएको छ। विभिन्न चरणको परीक्षणमा १८५ जना नेपाली कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको समाचारमा जनाइएको छ ।

यद्दपि अझै अन्तिम परीक्षण हुन बाँकीनै छ। स्थानीय समय अनुसार राति ११ बजे वुहानबाट नेपाली नागरिकलाई लिएर जहाज काठमाडौं फर्कनेछ। उनीहरुलाई आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ । चीनबाट फर्किएका उनीहरुलाई १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्