पन्जावी गायक लक्कीले गाए ‘फुल बुट्टे सारी’ (भिडीयो सहित)

काठमाडौं : युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले गाएपछि एक पटक फेरि चर्चा भएको गीत ‘फुल बुट्टे सारी’ पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन्। सिद्धुले गायको गीत संसार ब्लग प्रोडक्सनको आधिकारीक युट्युब च्यानलबाट बाहिर आएको छ । गीतको भिडियो समाचार तयार गर्दा सम्म ३ लाख बढीले हेरिसकेका छन् ।

को’रोनाको कहरका वीच सार्वजनिक यो गीत महिला, पुरुष, चाइल्ड र लेजेण्डरी भर्सन सिद्धुसम्म पुगेको हो। मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात निर्माण युनिटले बिभिन्न भर्सनको रुपमा बाँहिर ल्याउँन थालेको हो।यो गीतको पहिलो भर्सन गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजराज सिवाकोटीको रहेको थियो ।

मदनकृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ बोलको गीत गाएका थिए । मदनकृष्णको स्वरसँगै अभिनय पनि हेर्न पाएको थियो। मदनकृष्ण कुशल अभिनेता मात्र नभई राम्रा गायक पनि हुन्। मदनकृष्णका अनुसार, नेपाल भाषामा दर्जनौं रोमान्टिक गीत गाएपनि उनले नेपाली मा गाएका धेरैजसो गीत गम्भीर छन्। पन्जावी गायक लक्कीले गाए ‘फुल बुट्टे सारी’को भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्