चिसो बढेपछि चाेक चाेकमा आ’गो ताप्ने व्यवस्था मिलाउँदै जिल्ला प्रशासन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै गएको छ । केही दिनदेखि अत्याधिक चिसो बढेका कारण जन जीवन प्रभावित हुन थाले पछि डडेल्धुरामा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा विभिन्न सार्वजनिक स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाइएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि डडेल्धुरा प्रशासनले चोक–चोकमा आ’गो बालिरहेको छ । जिल्ला सदरमुकामको अमरगढी –५ बसपार्क क्षेत्रका तिन ठाउँ, तुफानडाडाँमा एक ठाउँ र अमरगढी –७ को रातोगुना चोकमा आगो बालेको छ । जाडोका कारण खासगरी सर्वसाधरण तथा मजदुरहरुको जनजीवन प्रभावित भएकाले गृहमन्त्रालयको केन्द्रीय नीति अनुसार ठाउँ ठाउँमा आगो बाल्ने काम शुरु गरिएको हो ।

घरबाट निस्किएपछि चिसोबाट जोगिन चोकहरूमा आगो ताप्ने वातावरण मिलाउँदा सर्वसाधारण र बटुवाहरुलाई केही राहत पुगेको भन्दै खुशी भएका छन। स्थानीय चोकहरुमा आगो बाल्न थाल्नासाथ स्थानीय व्यापारीहरु, बटुवालगायत आगोताप्न झुम्मिएका छन। जाडो अवधिभर डडेल्धुरा जिल्लाका ठाउँ-ठाउँमा ठुलठुला मुडा बालेर आगो ताप्ने व्यवस्था मिलाइने प्रशासनले जनाएको छ ।

डिभिजन वन कार्यालय डडेल्धुरा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिल्ला सुरक्षा समितीको पहलमा आगो बालीएको हो । चिसो बढेपछि ग्रामीण भेगबाट सदरमुकाम आउनका लागि निकै समस्या भएको छ यस्तै चिसो रहिरहने हो भने व्यापार व्यबसायमा पनि गिरावट आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्