सीमा मि’च्ने क्रम अझै रोकिएन‚ महाकाली वारि सडक खन्दै भारत

काठमाडौं, ४ फागुन । दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पा देखि दोपखेसम्मको बीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको छ ।

ब्यास गाउँपालिका–१ र २ को सीमा क्षेत्र बयली धारबाट करिब एक किलोमिटर माथि डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब ३०० मिटर जतिको डोजर जाने सडक बनाएको छ । एकतर्फी रुपमा सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकका कारण महाकाली साँघुरिँदै र नेपाल तर्फको घोरेटो बाटोमा समेत क्ष’ति गरेको छ । नदीको वारिपारि ठूल्ठूला ढुं’गाहरुले पानी नै देखिँदैन।

धेरै ठाउँमा नदीले कटान गरेपछि ब्यास जोड्ने घोरेटोको भत्किएको छ । भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई कुनै जानकारी नदिई अन्तर्राष्ट्रिय सी’मा नदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसार पसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो। नेपाली भूमिमा भारतले डोजर गुडाउने बाटो बनाएको तीन साता बढी भएको स्थानीयले बताए । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्