हेर्नुहोस आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

यूवा ज्योतिषी डीपी भण्डारी : वि.सं.२०७७ साल चैत्र २६ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–द्वादशी, ५७ घडी ०१ पला,रातको ०४ बजेर ३७ मिनेट उप्रान्त त्रयोदशी । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर २४ मिनेट । दिनमान ३१ घडी २८ पला । वैष्णवहरुको पापमोचनी एकादशीव्रत । देवपतनमा दशोद्वार पूजा ।

मेष : माया प्रे’ममा सा’मिप्यता बढेर जानेछ भने पति प’त्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरूले पछ्याउने हुदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पती तथा पै’त्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ ।

वृष : नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनीति तथा समाज सेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्ने छन् । बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरुले तपाईँकै साथ दिनेछन् । माया प्रे’मको ब’न्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

मिथुन : साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फ’स्टाएर जाने तथा धर्म तथा संस्कृतिसँग सम्वन्धीत सामानको कारोबार फ’स्टाएर जाने छ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रे’मको डोरो क’सिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुने हुँदा मन प्रशन्न रहनेछन् ।

कर्कट : काम गर्ने सवालमा आलो’चनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ। पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । स्वास्थ्यमा समस्या आई औष धी खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रे’ममा एक अर्का विच अ’विश्वास बढ्ने योग रहेकोछ ।

सिंह : छोटो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फ’स्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रे’ममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइने छ। अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । वि’लाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपूर्ण सम्मान पाइने योग रहेकोछ ।

कन्या : व्यापार व्यावसाय फ’स्टाएर जानेछ भने थोरै मेहनतले प्रशस्त लाभ लिन सकिनेछ । वाद वि’वाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुने तथा सत्रु प’रास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन। प्रे’ममा सामिप्यता बढेर जानेछ । पुरानो रो’ग तथा स्वास्थ्य सम्व’न्धी स’मस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ ।

तुला : पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ। आकस्मिक धन तथा सम्पत्ति हात लागि हुने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरीएको लगानी फस्टाएर जानेछ । प्रे’म प्रशङमा रमाउने समय रहेकोछ भने पति प’त्नी बीच मायाको डो’रो क’सिलो भएर जानेछ ।

वृश्चिक : घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फ’स्टाएर जानेछ । आमा तथा आमासरहका मानिससँग मन मु’टाव बढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुन सक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छा’ती सम्वन्धी स’मस्या आउन सक्छ ।

धनु : नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विषेश पद पाउने समय रहेको छ । छोटो तथा अर्थपूर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिने छ । न्या’यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ ।

मकर : सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठन पाठनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउने छ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रे’ममा रमाउन चाहनेहरुले भरपूर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ : कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रे’मको डोरो क’सिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।

मीन : व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्ने छ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलो’चना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनु होला । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । तपाईँ दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्