भारत बन्यो को’रोनाको नयाँ हटस्पट, २४ घन्टामै थपिए १ लाख २६ हजार संक्रमित

काठमाडौं : छिमेकी मुलुक भारत को’रोना भाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ। त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ। बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गत वर्ष कोरोनाभाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन्।

पछिल्लो एक महिनादेखि भारतमा संक्रमणको दर उकालो लागेको हो। गत मार्च ७ मा भारत भरि जम्मा १८ हजार ५ सय ९९ जनामा संक्रमण देखिएको थियो। अघिल्लो साता भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई पछि पारेको थियो। बुधबार ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार मानिसमा को’रोना संक्रमण भएको छ। संक्रमण तीव्र भएसँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ।

मृ,त्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। बुधबार मात्रै त्यहाँ ६ सय ८५ जना संक्रमितको मृ,त्यु भएको छ। यो गत नोभेम्बर ४ यताकै सबैभन्दा धेरै हो । भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ। को’रोनाको दोस्रो लहर नियन्त्रण भन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्