गिरिजाप्रसाद कोइराला नहुनुभएको भए प्रचण्ड उतिबेलै शहीद हुन्थे : सचेतक राई

बिराटनागर । प्रदेश नं. १ मा नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले गिरिजाप्रसाद कोइराला नहुनुभएको भए प्रचण्ड उतिबेलै शहीद बनिसक्ने बताएका छन् । शुक्रबारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसद राईले कोइराला नहुनु भएको भए कथित जनयु’द्ध दिवसको यो क्षणमा उक्त पार्टीका कमरेडहरुले महान सहिद स्व. प्रचण्डको सम्झनामा मुठ्ठी कसेर एक मिनेट मौनधारण गरि रहेको अबस्था आउने बताए।

बिहीबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा आयोजित जनयुद्ध विशेष कार्यक्रममा गिरिजाप्रसाद कोइरालाले दैनिक फोन गरेर आफूलाई सदरमुकाममा ब’म हान्न उर्जा दिनुहुन्थ्यो भन्ने भनाईको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। सांसद राईले जन यु’द्धका नाममा मारिएका १७ हजार मानिसको र`गतको बाछिटा गिरिजाप्रसाद कोइरालालाई लगाउने काम नगर्न सुझाव दिँदै गिरिजाप्रसादको फेरो समाएर कथित जनयु’द्धका नाममा नेपाली नागरिक मा`र्न छोडेको नबिर्सिन आग्रह गरे ।

आफ्नो ज्या`नको दुहाइ माग्ने प्रचण्ड आज उनै गिरिजाप्रसादको विषयमा ज’थाभावी बोल्न र व’र्बराउन थालेको बताउँदै राईले भने “राजनीतिको एक आशलाग्दो पात्र जनयु’द्धमा आत्तिए, त्यसपछि मात्तिए अहिले पात्तिएको जस्तो अनुभुति भइरहेको छ ।” जनयु’द्ध पछि शान्ति प्रक्रियाको टुंगो लगाउन गिरिजाप्रसादले शान्तिदूतका रूपमा काम गरेको तर प्रचण्डले प्राण रक्षाको दुहाइ माग्दै आएको कुरा आज बिर्सिएको सचेतक राईको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्र ध’र्म नि’रपेक्षता, संघीयता र आजको उपलब्धिको आधार तयार गर्ने नेतालाई मान्छे मा`र्न उक्सायो भनेर भन्नु हा’स्यास्पद भएको टिप्पणी गरे । “भाषा र ह’र्कत हेर्दा प्रचण्ड प’तनको बाटोमा लागे जस्तो देखिएको छ”, उनले भने, “बोल्दा विचार पुर्याएर आफ्नो ओहोदा र राजनीतिक ढंग पुर्याएर बोल्नु होला।”

यस्तै स्व. कोइरालाकी छोरी समेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाले तत्कालीन वि’द्रोही नेता दाहालको अभिव्यक्तिमा विचलन मिसिएको र अपरिपक्व नेता भएको प्रतिक्रिया दिइन। कांग्रेस नेतृ कोइरालाले तत्कालीन वि’द्रोही नेता दाहालको पृष्ठभूमि, राजनीतिक चरित्र र अभिव्यक्ति तत्कालीन एमालेका लागि समेत महँगो सावित हुँदै गएको टिप्पणी गरिन् ।

नेपाली कांग्रेसले माओवादीको नेतृत्वमा भएको हिं’सात्मक वि`द्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले वि’वादित बनाउने अरा’जनीतिक र आ’पत्ति जनक प्रयत्न दाहालले गरि रहेको भन्दै ऐतिहासिक तथ्यलाई तोड-मोड नगर्न समेत सचेत पारेको छ । हिं’साको राजनीतिलाई सुरक्षित अवतरण गराउन संयोजन र नेतृत्व गर्ने नेताले हिं’सात्मक आक्र-मणका लागि प्रेरित गरेको भन्ने वि’रोधा भाष पूर्ण अभि व्यक्ति सच्याउन पनि कांग्रेसले दाहाललाई सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्