क्वारेन्टाइनमा पुगेका विद्यार्थीले भने- “सरकारले राम्रो व्यवस्था गरेको रहेछ”

भक्तपुर:चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ। क्यारेन्टाइनमा पुगेका नेपालीले घर फर्कन पाउँदाको खुसी व्यक्त गर्न नसकिने बताए । उनीहरुले बासोबासका लागि सरकारले राम्रो व्यवस्था गरेको भन्दै धन्यवाद दिएका छन् ।

उनीहरूले नेपाल सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।उहानबाट फर्किएका सौरभ लुइटेलले भने,‘अहिले हामी खरिपाटीमा रहेका छौं । सरकारले जे जति गरेको छ । हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ’ यो परिस्थिति मा घर फर्किनुको खुसी व्याख्या गर्न सकिँदैन । सरोकारवाला सबै निकायमा धन्यवाद ।’

आइतवार विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए। चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङ सहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोट स्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पु¥याइएको थियो ।

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली प्रवेश गरेको छ । सो टोलीले क्वारेन्टाइनमा आज बिहान उनीहरुको शरीरको तामक्रम नापेको बताइएको छ । नेपाल एयर लाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इञ्जिनीयर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान गएको थियो ।

सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर विमान आज बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा आएकामध्ये ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि चीन सरकारले नै नेपाल फिर्ता नपठाएको र चारजनाले त्यही बस्ने इच्छा देखाएर नेपाल नआएको जनाइएको छ ।

वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो । चीनबाट विमान चढ्नु अघि र काठमाडौँको अ’न्तर्रा्ष्ट्रिय त्रिभुवन विमान स्थलमा अवतरण भएपछि पुनः स्वास्थ्य जाँच गर्दा स्वास्थ्यमा समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेकोे क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

प्रतिक्रिया दिनुहोस्