एमसीसीको विषयमा जथाभावि नबोल्न शीर्ष नेतालाई भीम रावलको चेतावनी

काठमाडौं, ०४ फागुन । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भीम रावलले एमसीसीको विषयमा जथाभावि नबोल्न शीर्ष नेतालाई चेतावनी दिनुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावी नबोल्न चेतावनी दिनुभएको हो ।

नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भिर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै रावलले केन्द्रीय समिटीको कार्यादेश विपरित कुनै पनि व्यक्तिको कुरा औचित्यहिन हुने बताउनु भयो। एमसीसी सम्झौतासँग जोडिएका विषयमा छल फल भइरहेको भन्दै एमसीसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उहाँको दावी थियो ।

कार्यदलको समय १० दिनका लागि थप गरिएको छ । १० दिनमा एमसी सीका विषयमा फेला परेका थप तथ्यसहित प्रतिवेदन पार्टीलाई बुझाइने नेता रावलको तर्क छ । रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जन भन्दा बढी सम्झौताहरु पनि कार्यदलले फेला पारेको खुलासा गरेका छन् । अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरु पनि हुन सक्ने उनले बताए ।

संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताहरुको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उनले बताए । कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ । ‘थपिएको १० दिनमा प्रतिवेदन तयार हुन्छ ?’ भन्ने प्रश्नमा, रावलले सम्झौताहरुको अध्ययन गर्नु पर्ने भएकाले समथ थप गरिएको र तोकिएको समयभित्रै प्रतिवेदन तयार हुने विश्वास व्यक्त गरे । पहिले जानकारीमा नआएका कुराहरु पनि अध्ययनका क्रममा आएकाले समथ लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्