सुकुम्बासी भए सरकारले जग्गा दिन्छ, सरकारी जमिन नहडप्‍नू : प्रधानमन्त्री ओली

दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नागरिक सुकुम्बासी भए सरकारले जग्गा दिने तर सरकारी जमिन हडप्न नदिने बताएका छन्। सरकारी तथा सार्वजनिक जमिन व्यक्तिको नाममा पार्ने प्रवृति वि’रुद्ध पहिलो पटक सरकारले कदम चालेको भन्दै उनले यसमा संलग्न कसैले पनि छुट नपाउने बताएका हुन्।

आइतबार झापाको दमकदेखि पाँचथरको रवी जोड्ने दमक चिसोपानी रवि सडक कालोपत्रे शिलन्यास पछि आयोजित सभामा उनले यस अघि कुनै पनि सरकारले सरकारी तथा सार्वजनिक जमिन अ’तिक्रमण गर्नेविरुद्ध कार्वाही गर्न नसकेको र पहिलो पटक आफ्नो सर कारले काम थालेको दावी गरे। सो क्रममा उनले आफ्नो सरकारले गरेका कामका केही उदाहरण दिँदै विस्तृत विवरण संसद्‍मार्फत सार्वजनिक भइसकेको पनि बताए।

संवोधनका क्रममा ओलीले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई चारैतिरबाट कमजोर बनाउन षड्यन्त्र गरि रहेको भन्दै त्यस्ता चलखेल वि’रुद्ध वर्तमान सरकार निर्धक्कका साथ जु’धिरहेको दावी गरे। कार्यक्रममा उनले भने, ‘चि’च्याउनेहरू, कराउनेहरू मनपरी बोल्न पाउनु पर्‍यो भनिरहेका छन्। तर, सरकार त्यसो गर्न दिँदैन किन भने सरकार समृद्ध र अनुशासित लोकतन्त्रका पक्षमा छ, छा’डातन्त्रका पक्षमा होइन।’

ओलीले सम्झिए भुटानी शरणार्थी भुटानी शरणार्थी शिविर नजिकै दमक २ मा भएको सभामा ओलीले भुटानी शरणार्थीको पनि सम्झना गरे । उनले भुटानबाट लखेटिएर करिव तीन दशकअघि नेपाल आएको क्षणदेखि नै आफूले शरणार्थीको जीवनलाई नियालेको भन्दै आफ्नै पहलमा तेश्रो देश पुनस्र्थापना प्रक्रिया थालेको पनि बताए। तेश्रो देश पुनस्र्थापना प्रकृयालाई कतिपयले आलोचना गरे पनि आफुले अमेरीकामा नेपालबाट पुनस्र्थापित भएर पुगेको शरणार्थीलाई भेटेको र त्यहाँ उनीहरू सुखी र खुसी पाएको पनि बताए । भुटा नले आफ्ना नागरिक खेदेको र स्वदेश फर्काउन नचाहेकाले तेश्रो देशको पुस्र्थापनाको प्रकृया अघि सारिएको उनको भनाइ थियो।

व्याट्री जोडेर पनि काम गर्ने दृढता: आफ्नो संवोधनका क्रममा केहीबेर प्रधानमन्त्री ओली भावुक पनि बने। आफ्नो स्वास्थ्य अवस्था बारे बोल्ने क्रममा आफू पटकपटक शरीर चि’रेर पनि बाँ’चेको बताए। चार पटकसम्म आफ्नो शरीर चि’रेको मिर्गौला फेरेको लगायतका कारण आफूलाई रोगले च्यापे पनि आफू नथाक्ने र बरु शरीरभित्रै तार र व्याट्री जडान गरेर भए पनि जनताका सपना पूरा गर्ने उनले बताए।

पञ्चायत, तानाशाहा, राजतन्त्र लगायतका शक्तिसँगै अनेक रोगसँग समेत एकसाथ लड्दै आए पनि आफू नथाकेको र लड्नु पर्ने क्रम अझै नरोकिएको उनको भनाइ थियो। केही शक्तिले फर्कीफर्की झम्टन खोजेपनि अब सफल हुन नदिने उनले दावी गरे। कार्यक्रम मा संविधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले दमक चिसोपानी- रवी कालोपत्रे निर्माणले पहाड र तराईलाई नजिक पार्ने बताए।

प्रतिक्रिया दिनुहोस्