हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

तारा चापागाईं दुवे, कास्की । एक दशक अघि हजार रुपियाँको लगानीबाट व्यवसाय सुरु गर्नुभएका व्यक्ति करोडौँ रुपियाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ। यो यथार्थ हो,२०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थाल्नुभएका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौँको मालिक बन्नुभएको छ ।

पश्चिम नेपालका ग्रामीण क्षेत्र बाट दाल, गेडागुडी लगायतका कृषि उत्पादन ल्याएर जानकी एग्रो प्रोडक्ट उद्योग सञ्चालन गर्नु भएका तिमिल्सिनाको अनु भवले कुनै पनि पेसा, व्यवसायमा मिहिनेत र निरन्तरता दिए सफलता सहजै हात पार्न सकिन्छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले रुकुम, रोल्पा, सल्यान, दाङ पर्वतजस्ता जिल्लाहरूमा कृषि उत्पादनमा ल्याएर बजारसम्म पु¥याउने काम गर्नुभएका उहाँले भन्नुभयो, पश्चिम नेपालका दुर्गम ठाउँका किसानसँग उत्पादन थियो तर बजार थिएन, मैले बजार खोज्ने काम गरँे किसान ले पनि मूल्य पाए, मैले पनि आर्थिक प्रगति गरेँ ।

व्यवसाय सुरु गर्दाको अवस्थाबाट अहिलेको स्थितिमा उहाँको व्यावसायिक लगानी १८ क’रोड बराबरको भएको तिमिल्सिनाले बताउनु भयो । जानकी एग्रोतिर सात करोड र फार्ममा ११ करोड रुपियाँको लगानी छ । तिमिल्सिना दम्पतीको मिहिनेतले अचेल पोखरामा उहाँ को ब्रान्ड राम्रै ब्रान्ड बन्न सफल भएको छ । उहाँकी श्रीमती जानकी तिमिल्सिनाले भन्नु भयो, पोखरामा टिकेर बसेका कारणले नै सबैले पत्याउने भएका छौँ, गाउँ घरमा फल्ने अर्गानिक कृषि उत्पादन सहरमा माग भएकाले यस व्यवसायमा हामीलाई सफलता मिलेको हो।

उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नु भयो, गरिबले मात्रै कोदो, मकै खान्छन् भन्ने मान्यता थियो । कोदो, मकै गाउँमा खरिद गर्न जाँदा किसानले हामीले किनेर कता लिन्छन् होला भन्थे । गाउँ घरमा हामीले कुरा गर्दा विश्वास पनि गर्दैनथ्ये तर अहिले तिनै उत्पादन लाई हामीले बजारमा बस्ने पढेलेखेका व्यक्तिको खाने आहार बनाउन सफल भयौँ । जानकी प्रोडक्टले गाउँबाट ल्याएको उत्पादनलाई सीधै बजारमा पठाउने नभई त्यसलाई प्रशोधित गरेर ब्रान्डका रूपमा बिक्री वितरण गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, सुरुवातीका दिनमा बोरामा २०० किलो ल्याएर प्याकिङ गर्न निकै गाह्रो हुन्थ्यो । अहिले गाडीका गाडी मालसामान आउने गरेका छन् । सबै प्याकिङ गरेर बिक्री गर्ने गरेका छौँ । उहाँको दाबी छ, जानकी एग्रोका सबै उत्पादन शत प्रतिशत हाइजे निक हुने गरेका छन्। हामी किसानलाई विषादीरहित उत्पादन गर्न आग्रह गर्छौं, कलर पोलिस नगरी नेचुरल बेच्छौँ, मूल्यमा दुई÷ चार रुपियाँ बढी भए पनि अर्गानिक उत्पादन दिन्छौँ । हाम्रो आफ्नो ब्रान्ड बनेको छ, मूल्यका कुरालाई लिएर कसैले पनि गुनासो गरे का छैनन्।

श्रीमान् र श्रीमती मिलेर सुरु गरेको व्यवसायले हाल ५३ जनालाई रोज गारी दिएको छ । जानकी एग्रो प्रोडक्टसँगै एग्रो फार्म पनि सञ्चालन गर्नुभएका तिमिल्सिनाले भन्नु भयो, मैले दुधालु गाईभैँसी पनि पालेको छँु । पोखराको चाउथे र विजयपुरमा ३२ रोपनी जग्गा भाडा मा लिएर गाईभैँसी पालन व्यवसाय सञ्चालन गर्दै आउनु भएका तिमिल्सिनाले २५६ वटा भैँसी र २१ वटा गाईबाट दिनको एक हजार २०० लिटर दूध उत्पादन हुने गरेको बताउनु हुन्छ । उहाँका अनुसार दूध बेच्न पनि गाह्रो छैन। स्थानीयका सबै घरमा उहाँको फार्मबाट दूध जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्