हुबेइमा हिँडडुल गर्न पनि प्र’तिबन्ध, ६ करोड मानिस घरभित्रै थुनिनु पर्ने अवस्था

एजेन्सी, ५ फागुन । कोरोना भाइरसको स’ङ्क्रमणसँग स’ङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेइ प्रान्तमा हिँडडुल गर्न पनि प्र’तिबन्ध लगाएको छ। आपतकालीन यस समयमा मानिसहरूको गतिविधिमा थप कडाइ गर्दै चीनले उक्त प्रान्तका करिब ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ । साथै निजी कार र सवारी साधनको प्रयोगमा अनिश्चित कालसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

हुबेइ प्रान्त र त्यसको राजधानी वुहान शाहर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्। त्यहाँ आइतवारसम्म १८०० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने करिब ७० हजार भन्दा बढीमा यसको सङ्क्रमण देखिएको छन। यद्यपि चीनले यो भाइ रस सं’क्रमणको दर क्रमशः घट्दै गएको जनाएको छ । यसैगरी करिब ५ हजार भन्दा बढी व्यक्ति उपचार पछि निकाे भएर घर फर्किसकेका छन् ।

आइतबार लगातार तेस्रो दिन कोरोना भाइरसबाट नया स’ङ्क्रमितको संख्या घटेको चीनले घोषणा गरेको छ । थप स’ङ्क्रमण फैलिनबाट रोक्नका लागि प्रतिबन्धात्मक कदमहरु बढाउनु परेको जनाइएको छ। चिनिया अधिकारीहरूका अनुसार आइतबार २ हजार ९ वटा नयाँ सङ्क्रमणका घटना पाइएको छ, जबकि शनिबार मात्र नयाँ सङ्क्रमणका घटना २ हजार ६४१ थियो भने शुक्रबार ५ हजार ९० घटना पाइएको थियो ।

हुबेइ प्रान्तका करिव ६ कराेड मानिसहरूलाइ घरभित्रै रहन भनिएपनि उनीहरू आपत्कालीन अवस्थामा चाहिँ बाहिर निस्किन पाउने जनाइएकाे छ। खाद्यान्न तथा अन्य सामान खरिद गर्नुपरेमा एक घरबाट एक जनालाई तीन-तीन दिनकाे अन्तरमा मात्र बाहिर निस्किन अनुमति दिइनेछ । अत्यावश्यकीय सेवा, औषधि पसल, होटल, खाद्यान्न पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार र सेवा बन्द गराइएकाे छ भने सबै मानिस कडा निगरानीमा राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्