डा.शिवमाया तुम्बाहाङफे कानुनमन्त्री नियुक्त, आजै सपथ

काठमाडौं : पूर्वउप सभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन्। उनलाई सोमबार दिउँसा ३ बजे राष्ट्रिपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधान मन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. तुम्वहाम्फेलाई सोमबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन्।यस अघि उनले उपसभामुखबाट राजीनामा दिन मानेकी थिइनन्। ब’लात्कार आ’रोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए।

उनको ठाउँमा नेकपाबाट सभामुख बनाउँन खोज्दा उनले आफूलाई उम्मेदवार बनाउनु पर्ने अडान राखेकी थिइन्। नेकपाले अग्निप्रसाद खरेललाई सभामुखको उम्मेदवार बनाए पछि विवाद झन बढेको थियो। त्यसपछि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलपछि उपसभामुखबाट राजीनामा दिएकी थिइन्। अध्यक्षद्वयले मन्त्री बनाउने आश्वासन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्