घरमा चामल छैन भने हामीलाई खबर गर्नुस्, नेकपा पोको बोकेर आउँछ : प्रधानमन्त्री ओली

दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि ब्यक्ति भोकै बस्नु नपर्ने बताएका छन् । झापाको दमकम आयोजित दमक चिसा पानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उनले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै नपर्ने बताएका हुन् । उनले भने ,यो देशमा किरा फट्याग्रा त भोकै मरदैनन् ,कोही पनि जनता भोकै मर्नु हुदैन ।

उनले ठटेउलो तरिकामा भने ,घर चामल छैन भने हामीलाई खबर गर्नुस् ,नेकपा पाृको बोकेर आउँछ, त्यसका लागि मैले २ लाख रुपैँया छुट्याएको छु। उनले जनता आवास कार्यक्रम अन्तरर्गत देशभर ८ हजार घर बनाइएको बताए। उनले सरकारको काम देखेर बिपक्षी आत्तिएको आरोप लगाए । सरकारको काम सामु घुँडा टेकेको दाबि गरे ।

उनले भने ,यो सरकारको काम देखेर विपक्षीको निन्द्र हरण भएको छ, केहि सीप नचलेर मेरो मृत्युको प्रतिक्षामा छन। उनले आफु प्रधान्मन्त्री भएपछि देशभर ३ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताए । यस्तै २३५ वटा पुल बनेको जानकारी दिए । नेपाल कृषिको उर्वर भुमि रहेकाले यहाँ कृषि आधुनिकिकरणको माध्यमबाट देशको अर्थतन्त्रमा टेवा पुर्याउने बताए । उनले वर्तमान सरकार बिकास निर्माणको क्षेत्रमा तिव्र गतिमा लागिरहेको दाबि गरे ।

प्रतिक्रिया दिनुहोस्