काठमाण्डौमा तार जमिनमुनि बिछ्याउने काम सुरु

काठमाण्डौ : काठमाण्डौमा बिजुलीका तार जमिनमुनि बिछ्याउने काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट तार भूमिगत गर्ने कामको सुरुवात गर्नु भएको हो। पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्त र्गतको तार भूमिगत गरिनेछ ।

तारको कारण शहर कुरुप बन्दै गएको र जोखिम पनि बढेकाले तारलाई जमिनमुनि बिछ्याउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो । यी दुईवटा वितरण केन्द्रको तार ३२ महिनामा भूमिगत गरिसक्ने गरी भारतीय कम्पनी केई आई इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरिएको छ ।

दुईवटा वितरण केन्द्र अन्तर्गतका ९०हजार ग्राहकको घरसम्मको तार भूमिगत गरिसके पछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणले जनाएको छ । तार भूमिगत गर्दा सडक धेरै नखनिने र खनेको १० दिनभित्र पहिलेकै जस्तो बनाइसक्ने गरी सडक विभाग र प्राधि करण बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्