अमेरिका–इरान द्व’न्द्व : नेपालीलाई फिर्ता ल्याउन पहल

काठमाडौँ । अमेरिका र इरान बीचको द्व’न्द्व चर्कि’ए पछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सु’लेमानी मा’रिएपछि अमेरिका र इरान बीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । मङ्गलबार इरानले इराक स्थित अमेरिकी सैन्य अड्डामा क्षे’प्यास्त्र आ’क्र’मण गरेपछि अवस्था झन् त’नावपूर्ण बन्दै गएको छ।

दुई देश बीच यु’द्ध भएका खण्डमा इरान र इराकमा रहेका नेपालीको जीवन समेत स’ङ्कटमा पर्ने देखिए पछि नेपाल सरकारले सुरक्षा दिने र आपत् परेको खण्डमा तत्काल फिर्ता ल्याउने पहल थालेको हो । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले सम्बन्धित देश हेर्ने राजदूतावास र त्यहाँका राजदूतलाई उच्च स’तर्कतामा रहन निर्देशन दिएका छन्। मन्त्री ज्ञवालीले सबै निकायसँग लगातार सम्पर्क गरी त्यहाँको अवस्थाको जानकारी लिइरहेका छन्।

परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले भने, “परेका बेला तत्काल उ’द्धार गरी ल्याउन सक्ने वातावरण र व्यवस्था गरिराख्न भन्नुभएको छ, त्यहाँ रहेका नेपालीको यकिन गरी स’म्पर्कमा रहन भन्नु भएको छ ।” इराक र इरान दुई देशमा वैधानिक रूपमा काम गर्न जाने अनुमति छैन तर पनि अ’वैधानिक रूपमा थुप्रै नेपाली त्यस क्षेत्रमा कामका लागि रहेका छन्।

इरान–अमेरिकाबीच यु’द्धको अवस्था उत्पन्न भएमा त्यहाँ रहेका नेपालीलाई कसरी नेपाल फिर्ता ल्याउने भन्ने कसरत नेपाल सरकारले गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए। उनले भने, “अहिले दुई देशबीच भनाभनको अवस्था हो, त्यो यु’द्धमा परिणत भइहालेमा त्यहाँ रहेका नेपालीको सुरक्षा गर्नु सरकारको दायित्व हो, त्यही अनुसार केही छलफल भएको छ।”

उनका अनुसार यस विषयमा श्रम, गृह र परराष्ट्र मन्त्रालय बीच छलफल भएको थियो । छलफल पश्चात् परराष्ट्र मन्त्री ज्ञवाली र श्रममन्त्री रामेश्वर राय यादवले इराक र इरान हेर्ने सम्बन्धित राजदूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्था यकिन गर्न निर्देशन दिएका थिए। बैठकमा मन्त्री ज्ञवाली र यादवसँगै परराष्ट्र सचिव शङ्करदास बैरागी, श्रम सचिव विनोद केसी लगायत सहभागी थिए।

श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले भने, “इराकमा हाम्रो तर्फ बाट कानुनी रूपमा श्रम स्वीकृतिका लागि खुला छैन, कता कताबाट त्यहाँ पुगेर काम गरिरहेका छन् भन्ने हो, त्यहाँ ख’तरा भएको खण्डमा परराष्ट्र, श्रम र गृह मन्त्रालयको एउटा छुट्टै टिम बनाउने भन्ने भएको छ। त्यसको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछ ”

श्रम स्वीकृति दिएर नपठाउने भएकाले त्यहाँ कति नेपाली छन्, कहाँ कहाँ छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । त्यो तथ्याङ्क यकिन गर्न परराष्ट्र मन्त्रालय’मार्फत इराक हेर्ने कुवेत र इरान हेर्ने पा’किस्तानको राजदूता वास मार्फत खबर गरिएको छ । इराकको बग्दाद, कुर्दिस्तान लगायतका क्षेत्रमा थुप्रै काम गर्ने नेपाली रहेको सम्पर्कमा आउनेहरूले बताएका छन्।

केही सङ्ख्यामा महिला वर्गसमेत घरेलु कामका लागि इराकमा रहेको अनुमान गरिएको छ । इरानमा पनि अ’वैधानिक रूपमा काम गर्ने नेपाली रहेको अनुमान छ। इराकहेर्ने कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले सरकारी निर्देशानुसार सूचना जारी गरी तथ्याङ्क सङ्कलन थालेका छन् । सूचनामा सतर्क रहेर सुरक्षाका लागि सम्पर्कमा आउन भनिएको छ ।

नेपाली पहिचान गरी सम्पर्क स्थापित भएपछि थप सुरक्षाको पहल थालिने मन्त्रालयले जनाएको छ । यसैबीच अमेरिका र इरानबीच बढ्दै गएको त’नावले इरान र खाडी देशमा काम गर्ने नेपाली श्रमिकलाई पर्न सक्ने समस्या र त्यसको समाधानमा चाल्नुपर्ने कदमका विषयमा बिहीबार परराष्ट्र मन्त्रालयमा गृह र श्रमसहितको बैठक गर्ने तयारी भएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालय वैदेशिक रोजगार महाशाखाका प्रमुख एवं सहसचिव उमेश ढुङ्गानाले नेपाली श्रमिकलाई समस्या परेको खण्डमा उद्धारका लागि कोकसले कस्तो तयारीमा रहने भन्ने विषयमा छलफल हुने जानकारी दिए। तीनवटै मन्त्रालयका मन्त्री सहितको छलफल हुने भएकाले त्यसबाट एउटा निष्कर्ष निकाल्ने उनको भनाइ छ। सरकारले इराकमा काम गर्न रोक लगाए पनि त्यहाँ अ’वैधानिक बाटोबाट पुगेका १५ हजार भन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ ।

इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क कसैसँग छैन । मध्यपूर्वका अरू देश मध्ये साउदी अरबमा झन्डै चार लाख र कतारमा साढे तीन लाख भन्दा बढी नेपाली छन। त्यस्तै यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइन मा २५ हजार, लेबनानमा १२ हजार, जोर्डनमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्याङ्क छ। खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन श्रम र परराष्ट्र मन्त्रालयले अनुरोध गर्दै आएका छन। गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्