महरालाई कै’दीबन्दीले माला लगाएर बिदाइ गरे

काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशसँगै निवर्तमान सभामुख कृष्ण बहादुर महरा रि’हा भएका छन् । डिल्लीबजार का’रागारमा १३३ दिनदेखि पु’र्पक्षका लागि थु’नामा रहेका महरा रि’हा भएका हुन् । डिल्लीबजार का’रागारबाट रि’हा भएपछि उनले का’रागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरे ।

जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार का’रागारबाट वि’दाइ गरिएको छ । महरालाई डिल्लीबजार का’रागारमा रहेका नेपाल प्रहरीका पूर्वमहा निरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।

उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता पुगेका थिए । अदालतले सफाई दिएपछि महराको स्वागतका लागि नेकपाका नेता कार्यकर्ता डिल्लीबजार कारागार पुगेकाहुन् । यस्तै, त्यस क्षेत्रमा सुरक्षा कर्मीको बाक्लो उपस्थिति रहेको छ । पत्रकार र सर्वसाधरणहरुको पनि राम्रो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्