चीनले ६ दिनमा मास्क फ्याक्ट्री बनाउने

बेइजिङः चीनले बेइजिङमा ६ दिनभित्र मास्क फ्याक्ट्री बनाउने भएको छ। भाइरस प्रकोपका कारण मास्क अभाव भएपछि चीन कन्सट्रक्सन फस्र्ट कम्पनीले औद्योगिक भवन बनाउन लागेको हो। अधिकारीहरूले जनाए अनुसार उक्त्त फ्याक्ट्री ले प्रतिदिन २ लाख ५० हजार मास्क उत्पादन गर्नेछ ।

सोमबार बनाउन सुरु गरेको भवन यसै हप्ताको शनिबार तयार हुने बताइएको छ।उक्त मास्क उद्योगमा कामदारहरूलाई भाइरसको सं’क्रमणबाट बचाउन प्रत्येक दिन स्वास्थ्य जाँच गरिने र लक्षण देखिएका कामदारहरूलाई अलगै राख्ने व्यवस्था गरिएको छ। चाइना कन्सट्रक्सन फस्र्ट कम्पनीले औद्योगिक भवन बनाउन लागेको हो ।

हुबेइ र वुहान भाइरसबाट सबै भन्दा बढी प्रभावित भएका छन्। हुबेइका मानिस आपत्कालीन अवस्थामा बाहेक अरु समय निस्किन नपाउने घोषणा समेत गरिएको छ । कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । साथै भाइरसबाट सं’क्र मित हुनेको संख्या ७० हजार ६ सय ३५ पुगेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्