पूर्वमन्त्री र मुख्यसचिव सहित दुई सयमाथि कि’टानी जाहेरी

काठमाडौं:प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवास र त्यसले चर्चेको जग्गा कि’र्ते गरी व्यक्तिका नाममा नामसारी गरेको आरोपमा समरजंग कम्पनीले पूर्वमन्त्री, मुख्यसचिव, अख्तियारका पूर्वप्रमुख सहित दुई सय जना भन्दा बढी माथि केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) मा किटानी जाहेरी दिएको छ ।

शुक्रबार (२ फागुन) समरजंग कम्पनीले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ,हाल चीनका लागि राजदूत रहेका तत्कालीन मुख्यसचिव लीलामणि पौडेल, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी पूर्वराजदूत रुक्मशम्शेर राणा, नेकपानिकट नेता शोभाकान्त ढकाल, कानुन व्यवसायी रामकुमार सुवेदी, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलगायत विरुद्ध जाहेरी दिएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६७मा बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको एकसय १३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा नामसारीको अनुमति दिएको हो। अनुसन्धान जारी रहेको र जग्गा हिनामिना सम्बन्धी प्रमाण न’ष्ट हुन सक्ने भएकाले सिआइबीले भने किटानी जाहेरी परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।

तत्कालीन विभागीय मन्त्री, सचिवलगायत उच्चपदस्थ व्यक्तित्वको मिलेमतोमा मन्त्रि परिषद्लाई नै गुमराहमा राखेर सरकारी जग्गा व्यक्तिको नाममा गराइएको भन्दै समरजंग कम्पनीले सिआइबीमा किटानी जाहेरी दिएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए । नया पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्