उपत्याकाको ट्राफिक अब क’डा हुने सं’केत, व्यवस्थापनमा सीताराम हाछेथु

काठमाडौं। ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दु’रुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ। महा नगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महा शाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो ।

महाशाखाले सञ्चालन गरेको तीनमहिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा विशेष कार्यक्रम, यात्रुमैत्री अभियान, विशिष्टी कृत सचेतना कार्यक्रम, स्वयंसेवक परिचालनका साथै ट्राफिक लाइटको व्यवस्था, सिसि टिभीलाई निगरानी गर्नका लागि समितिले काम गर्ने छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चक्रपथ भित्र हुने ट्राफिक जा’मलाई अध्ययन गरी न्यू’नीकरण गर्नका लागि समिति गठन गरेको जानकारी दिए ।

चक्रपथभित्रको ट्राफिक व्यवस्थापनका लागि स्थलगत अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वयमा सुझाव पेश गरी ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाइन समितिले काम गर्ने उनको भनाइ थियो । महाशाखाले प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोज कत्वमा गठित कार्यदलले ट्राफिक व्यवस्थापन सुधार स’म्बन्धी ल्याएको अ’ल्पकालीन कार्ययोजनाका कार्यक्रमलाई कार्यान्वयन गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्