हट्यो कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय

काठमाडौं: माध्यामिक तहको परिमार्जित पाठ्यक्रमअनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइएको छ। पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी यसअघि पाठ्यक्रममा रहेको ऐच्छिक गणित विषयलाई हटा एको हो। ऐच्छिक गणित विषय हटेसँगै अतिरिक्त अंग्रेजी विषय थप भएको छ। त्यसबाहेक अन्य केही विषय नाम र केही विषयवस्तु परिमार्जन भएर आएका छन् भने केही थपघट भएका छन्।

थपिएको अतिरिक्त अंग्रेजी विषय भने कक्षा ९ मा मात्रै पढाई हुनेछ। पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका अनुसार कक्षा ९ का लागि ११ वटा ऐच्छिक विषय छनोट गरिएको छ। जुन आगामी २०७७ सालदेखि नै देशैभर अनिवार्य रुपमा लागू हुनेछन्। नयाँ तय गरिएका विषय अन्तर्गत कक्षा ९ मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, अतिरिक्त अंग्रेजी, लेखा परीक्षण, वातावरण विज्ञान र कम्प्युटर विज्ञान छन्।

त्यस्तै कक्षा १० मा इतिहास, भूगोल, नागरिक शास्त्र, समाज शास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, वातावरण विज्ञान र कम्प्युटर विज्ञान रहेका छन्। कक्षा १० मा ७ वटा मात्रै अतिरिक्त विषय राखिएको छ । यो सँगै आगामी शैक्षिक वर्ष देखि कक्षा ९ र १० को पूर्णाङ्क पनि ८०० बाट ७०० मा झारिने भएको छ। जसमा ५ वटा विषय अनिवार्य र २ वटा ऐच्छिक रहनेछन्।

यसमा सम्बन्धित स्थानीय तहले आफू अनुकुल एउटा विषय थप्न सक्नेछन्। लामो समयदेखि माध्यामिक तहको पाठ्यक्रम परिमार्जन भएको थिएन। नियमअनुसार प्रत्येक ५–५ वर्षमा पाठ्यक्रम परिमार्जन गर्नु पर्ने भए पनि २०६४ सालयता पाठ्यक्रम परिमार्जन हुन सके को थिएन। केन्द्रकी पाठ्यक्रम अधिकृत चिनाकुमारी निरौलाका अनुसार परिवर्तित र समसामयिक सन्दर्भ समेतका आधारमा तय गरिएको ऐच्छिक विषयका पाठ्यक्रम आगामी शैक्षिक सत्रमा देशैभर लागू गराउनु पर्नेछ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइएपछि विज्ञान विधाअन्तर्गत, ऐच्छिक विज्ञान, चिकित्सा शिक्षा तथा इिन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई भने कठिनहुने भएको छ। माध्यामिक तहलाई आधार बनाएर बन्ने माथिल्लो तहका पाठ्य क्रम विद्यार्थीका लागि अब ‘नयाँ’ हुनेछन्। जसका कारण उनीहरुलाई ‘डाइनामिक्स’, ‘स्टाटिक्स’ तथा ‘स्टाटिटिक्स’ जस्ता विषयहरु कठिन हुने देखिएका छन्। कक्षा ११ र १२ बाट पनि गणित विषय हटाइएको छ।

आगामी शैक्षिक सत्रमा लागू हुने ११ र १२ कक्षाको पाठ्यक्रमबाट गणित विषय हटाइएपछि यसको त विरोधनै हुन थालेको छ। तर पाठ्यक्रम विकास केन्द्रले भने ११ र १२को ऐच्छिक विषयको तालिका सार्वजनिक गरिनसकेका कारण हटाउने भन्ने कुराको आधिकारि कता नभएको एक अधिकारीले बताए। उनका अनुसार हटाउनेबारे छलफल भएको हो तर निर्णय भइसकेको छैन। कक्षा ११ र १२ मा विज्ञान विधाका विद्यार्थीले मात्रै गणित पढ्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्