महरालाई सफाइ दिने फैसला वि’रुद्ध सरकारले उच्च अदालतमा पुनरावेदन दिने

काठमाडाैँ, ६ फागुन । विशेष घटना र सन्दर्भका कारण वि’वाद तथा चर्चामा रहेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्ण बहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फेले एकैदिन सफाइ र पद प्राप्त गर्नुभएको छ। ब’ला त्कारको प्रयास गरेको भनी आ’रोप लागेका महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएको छ भने सरकारले तुम्बाहाम्फेलाई कानुनमन्त्री बनाएको छ।

न्यायाधीश अम्बरराज पौडेलको इ’जलासले सरकारले लगाएको आ’रोप दाबी पुग्न नसक्ने उल्लेख गर्दै पूर्व सभामुख महरालाई सफाइ दिएको हो । संसद् सचिवालयकी एक कर्मचारीलाई यौ’न दु’व्र्यव हार गर्न खोजेको आ’रोप लागे पछि महरालाई गत असोज १९ गते प’क्राउ गरी हि’रासतमा राखिएको थियो। सो आ’रोप लागेपछि महराले भने सभामुख पदबाट सोही महिनाको १४ गते नै राजीनामा दिनुभएको थियो।

अदालतले सफाइ दिएपछि महरा सोमबार नै डिल्लीबजार का’रागारबाट रिहा हुनुभएको छ। अदालतबाट सफाइ पाएको पत्र पाए पछि का’रागारले उहाँलाई रि’हा गरेको हो । उहाँ १ सय ११ दिन का’रागार बस्नुभएको थियो । सरकारले मु’द्दा दायर गरेपछि काठ माडौं जिल्ला अदालतले ता’रेखमा छुटाउन अ’स्वीकार गरेको थियो। आफूलाई ता’रेखमा रि’हा गर्न अ’स्वीकार गरेपछि उहाँ त्यस वि’रुद्ध उच्च अदालत पाटन जानु भएको थियो।

सो अदालतले पनि उहाँलाई ता’रेखमा रि’हा गर्न अ’स्वीकार ग¥यो। काठमाडौं जिल्ला अदालतमा भएको अन्तिम बहसमा भने उहाँ माथिको आ’रोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिइएको छ । काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पीडित भनिए की महिलाले अदालतमा वकपत्र गर्दा महराले आफूलाई ज’बर’जस्ती गर्न नखोजेको भनी उल्लेख गरेकीले महरालाई सफाइ दिएको जानकारी दिनुभयो।

यसै गरी फ’रेन्सिक रिपोर्टको आधारबाट पनि महरा निर्दोष देखिएको भनी प्रारम्भिक फैसलामा उल्लेख भएको स्रेस्तेदार श्रेष्ठले बताउनु भयो । फ’रेन्सिक परीक्षण गर्दा महराको औंठा छाप नभिडेको भनी उल्लेख भएको बताइएको छ । यसै गरी पी’डित भनिएकी महिलाले आ’रोप लागेको दिन महरा आफ्नो कोठामा नआएको भनी कागज गर्नुभएको थियो। महराले पनि आफू त्यहाँ नगएको बयानमा उल्लेख गर्नुभएको थियो।

महरा गत असोज १३ गते ती महिलाको कोठमा गएको आ’रोप लागेको थियो। जिल्ला अदालत र उच्च अदालत, पाटनले महरालाई थु’नामा राख्दा रोशनीको कोठाबाट हतार–हतार निस्कदा जुत्ताको तलुवा छुटेको, घ’टनास्थलमा भेटिएको चस्माको सिसा र महराले लगाएको चस्माको सिसाको पावर एउटै भएको लगायतका प्रमाणलाई आधार बनाएको थियो। नेपाल कम्युनिस्ट पाटी (नेकपा) ले ब’ला’त्कारको आ’रोप लागेपछि महरालाई सांसद पदबाट पनि राजीनामा दिन द’बाब दिएको थियो।

तर, उहाँले सभामुखबाट मात्र राजीनामा दिनुभएको थियो। अदालतबाट सफाइ पाएपछि उहाँ अब प्रतिनिधि सभामा अन्य सदस्य जस्तै उहाँले भाग लिन पाउनु हुने छ । सरकारले भने महरालाई सफाइ दिने जिल्ला अदालतको फैसला वि’रुद्ध उच्च अदालतमा पुनरा वेदन दिने सम्बद्ध स्रोतले जनाएकाे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्