गुण्डा नाइके सत्यमान लामा लाजिम्पाटबाट प’क्राउ

६ फाल्गुन २०७६, मंगलवार काठमाडौं । काभ्रेली समूहका गु’ण्डा सत्यमान लामालाई प्रहरीले प’क्राउ गरेको छ । महा नगरीय प्रहरी वृत महाराजगञ्जबाट खटेको प्रहरीले उनलाई सोमबार राति लाजिम्पाट बाट प’क्राउ गरेको हो । सत्यमान प्रहरीको ‘क’ वर्गको सूचीमा रहेका दावा लामाको आर्थिक कारोबार सम्हाल्ने ‘लेखापाल’ व्यक्तिको रुपमा काम गर्दै आएका छन् ।

प्रहरीले टार्गेट गरेपछि दावाले काठमाडौं छाडिसकेका छन् । सिक्किममा बस्ने दावाले भने बमोजिम सत्यमानले काठमाडौंमा गु’ण्डागर्दी गर्ने गरेको बताइएको छ । सत्यमानलाई प्रहरीले यसअघि पनि लु’टपाट, गु’ण्डागर्दी तथा अ’वैध डलर कारोबारमा संलग्न रहेको अभियोगमा पटकपटक प’क्रिसकेको थियो । सत्यमान काभ्रेकी सांसद् नविना लामा निकट मानिन्छन् । उनलाई नविनाले नै छुटाउने गरेकी छिन् ।

काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको त’स्करीमा समेत संलग्न सत्यमानले गत वर्ष काभ्रे सिपालीका किसानको माला लु’टेका थिए । प्रहरीले उनलाई र’क्तचन्दन त’स्करीमा पनि प’क्राउ गरेर काराबाही गरेको थियो । महानगरीय अ’पराध महा शाखामा उनी वि’रुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक ध’म्क्याएर लु’टेको उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्