‘पल्सर २२०’ एफआई इन्जिन र एबीएस सहित भारतमा सार्वजनिक, कति बढ्यो मूल्य

काठमाडौं : बजाज पल्सर २२० एफलाई कम्पनीले नयाँ इन्जिनको साथ भारतमा सार्वजनिक गरेको छ । कम्पनीले भारतमा एफआई इन्जिन युक्त पल्सर २२० को मूल्य १ लाख १६ हजार भारतीय रुपैयाँ तोकेको छ । जुन यस अघिको मूल्य १ लाख ७ हजारभन्दा महंगो हो । कम्पनीले ९ हजार भारु मूल्य बढाएर ल्याएको २२० पल्सरमा एफाआई इन्जिनको अलावा सिंगल च्यानल एबीएस दिएको छ ।

साथै रेगुलर मोडलभन्दा बीएस ६ इन्जिन युक्त नयाँ पल्सर २२० को ग्राफिक्समा समेत निकै परिवर्तन गरिएको छ । यसमा रहेको २२० सीसी २ भल्ब, टुवीन स्पार्क, सिंगल सिलिण्डर, आयाल कुल्ड, एफआई इन्जिनले अधिकतम ८५०० आरपीएममा २०.३९ बीएच पावर प्रदान गर्ने छ । पहिलेको तुलनामा ०.५४ बीएच पावर कम भएर आएको हो । साथै सुरक्षाको लागि अगाडि २६० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेक दिइएको छ ।

कम्पनीले नयाँ पल्सर २२० एफमा ट्वीन–पर्ड हेडलइट, एलइडी टेललाइट, सेमिफेयरिङ डिजाइन, इन्जिन कौल, क्लिप अन स्टाइल ह्याण्डलबार, टु पाई ग्रभ रेलको साथ स्प्लीट सिट जस्ता विशेषता दिइएको छ । आरामदायी यात्राको लागि अगाडि कन्भेन्सनल टेलि स्कोपिक फर्क र पछाडि टुइन साइड रियर स्प्रीङ (पाँच तिर एड्जस्ट गर्न मिल्ने) शक दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्