भारतको आलोचना गर्ने बेलायती सांसद अब्राहम्सलाई दिल्ली विमानस्थलमा रोकियो

एजेन्सी, ०६ फागुन। भारतले बेलायतकी लेबर पार्टीकी एक सांसदलाई दिल्ली विमानस्थलमा रोकेर उनको भिसा रद्ध गरिदिएको छ। सांसद डेबी अब्राहम्सले काश्मीर मामिलामा भारतले गरेको निर्णयको कठोर आलोचना गरेकी थिइन्। बीबीसी मा प्रकाशित समाचार अनुसार उनी ब्रिटेनको संसदीय समितिकी अध्यक्ष पनि हुन् ।

उनले दिल्ली विमानस्थलमा आफ्नो भिसा रद्ध गर्नुको कारण माग गरेकी थिइन्। उनले आफूलाई एक अपराधीसरह व्यवहार गरिएको बताइन्। उनले आफ्नो पासपोर्ट लिएर एक अधिकारी करिब १० मिनेट बे’पत्ता भएको र आएपछि आफूलाई अभद्र व्यवहार गरेको बताएकी छन् । अब्राहम सोमबार दुबईबाट नयाँदिल्ली आइपुगेकी थिइन् । विमानस्थलमा अधिकारीले उनको राहदानी हेरेपछि उनलाई दुबई फिर्ता गरिदिएका हुन् ।

भारतीय गृह मन्त्रालयले भने अब्राहमको ई–भिसा रद्द गरेको स्पष्ट पारेको छ। भिसा रद्द भएको जानकारी हुँदाहुँदै पनि भारत प्रवेश गर्न खोज्नु अब्राहमको गल्ती भएको भारतीय अधिकारीले बताएका छन्। अब्राहमले आफूलाई डिपोर्ट गरिएको जानकारी गराएकी छन् । ‘अब्राहमले ट्वी’टरमा लेखेकी छन्, ‘सबैका लागि न्याय र मानवअधिकारका लागि म राजनीतिमा प्रवेश गरेकी हुँ। म आफ्नै सरकार र अन्यसँग यी मुद्दालाई लिएर निरन्तर चुनौती दिनेछु ।’

प्रतिक्रिया दिनुहोस्