‘म घर जान्न किनकि यो भाइरसलाई अफ्रिका लैजान चाहँदिन’

बीबीसी। चिनियाँ शहर जिङजोउमा बसिरहेका क्यामरुनका २१ वर्षीय विद्यार्थी केम सेउन पाभेल पनि कोरोना भाइरसको सं’क्रमणमा परे। तर आश्चर्यजनक उनी मौका पाए पनि आफू घर जान नचाहेको बताउँछन। अफ्रिकामा आफ्नो परिवार कहाँ जान सम्भव भए पनि आफू चीन बाहिर ननिस्कने उनले बताएका हुन् ।

विगत १४ दिनदेखि आफ्नो युनिभर्सिटीको डोर्ममा क्वारेन्टाइन्ड भएर बसेका पाभेल भन्छन्, “जेसुकै होस् तर म मेरो यो रोग अफ्रिका सम्म पुर्याउन चाहन्नँ ।” उनमा ज्वरो, सुख्खा खोकी लगायतका लक्षण देखा परेको थियो । यस्तोमा यो नयाँ सं’क्रमणले आफूलाई बाल्यकालमा मलेरिया हुँदाको यादा दिलाएको उनी बताउँछन् ।

उनी भन्छन्, “म पहिलोपटक अस्पताल जाँदा आफ्नो मृत्यु कसरी हुनेछ भन्ने मात्र सोचिरहेको थिएँ ।” यसरी १३ दिनसम्म उनी स्थानीय चिनियाँ अस्पतालमा आइसोलेसनमा बसेका हुन् जसपछि उनलाई एचआइभीका बिरामीमा प्रयोग गरिने एन्टि बायोटिक र औषधि हरु दिइएको थियो । यसरी उपचारका क्रममा उनले ठीक भएको संकेत देखाउन थाले ।

सिटी स्क्यानमा पनि उनमा रोगको कुनै लक्षण नदेखिएपछि उनी कोरोना संक्रमित पहिला अफ्रिकी व्यक्तिबाट ठीक हुने पहिलो अफ्रिकी बन्न पुगेका हुन् । त्यहाँ उनको सम्पूर्ण उपचार खर्च चिनियाँ सरकारले बेहोरेको उनी बताउँछन् । यस बारेमा उनी भन्छन्, “म मेरो पढाइ पूरा गर्नु भन्दा अगाडि घर जान चाहँदिन । किनकि म घर जानुपर्ने कुनै कारण नै छैन । मेरो सबै अस्पताल बिलहरु चिनियाँ सरकारले हेरिरहेको छ । त्यसैले मलाई कुनै चिन्ता छैन ।”

प्रतिक्रिया दिनुहोस्