गोदावरीमा एक घरको छतमा श’क्तिशाली ब’म

ललितपुर : ललितपुरको गोदावरी नगरपालिका-५ मा रहेको शुकराम मिजारको घरमा ब’म भेटिएको छ । घरको माथि स्लाब निस्किएको ठाउँमा ग्रि’नेड देखेपछि गाउँलेले प्रहरीलाई जानकारी गराएको महा नगरीय प्रहरी वृत्त चापा गाउँका डीसपी कृष्णराज ओझाले जानकारी दिए।

सेनाको डिस्पोजल टोलीले ब’म डि’स्पोज गरिसकेको छ। ब’म किन र कसले राख्यो भन्ने अनुसन्धान भइरहेको ओझाले जानकारी दिए। सोमबार बिहान सात बजे नवनिर्मित दुई तले घरको पहिलो तलाको बरण्डामा ब’म देखेपछि स्थानीयले प्रहरी लाई खबर गरेका थिए । ललितपुरको गोदावरी नगरपालिकास्थित लेलेमा बम फेला परेको थियो ।

ब’म कसले राख्यो, किन राख्यो भनेर खुलिसकेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरी बताउँछ । ब’म शक्तिशाली देखिएको उनले जनाए । ओझाका अनुसार मिजारको परिवार घरैमा भएपनि ब’म राखेको उनीहरुलाई जानकारी थिएन । घटनास्थलमा कुनै प’र्चा नभेटीको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्